शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

एनएमबी बैंकको एटीएम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगमन कक्षमा

मंगलबार, साउन १७ २०७९
एनएमबी बैंकको एटीएम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगमन कक्षमा

काठमाडौं- एनएमबी बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्ष आगमनमा पर्यटन प्रवर्द्धनलाई सहयोग पुर्‍याउने उद्धेश्यले एटीएम सञ्चालनमा ल्याएको छ। 

बैंकले यसअघिदेखि नै उक्त विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थान स्थलमा एटीएम सञ्चालनमा ल्याइसकेको छ। 

एनएमबी बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’बाट सम्मानित भएको बैंक हो। 

एनएमबी बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ।   

एनएमबी बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटीएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ। 

 


प्रकाशित : मंगलबार, साउन १७ २०७९१२:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend