शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

समूह फेर्दै लगानी गर्दै लगानीकर्ता, बीमापछि हाइड्रोपावरको सेयर खरिदमा झुम्मिए

बुधबार, साउन १८ २०७९
समूह फेर्दै लगानी गर्दै लगानीकर्ता, बीमापछि हाइड्रोपावरको सेयर खरिदमा झुम्मिए

काठमाडौं- दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ता लगानीको प्रकृति बदल्ने गर्दछन्। पछिल्लो साता बीमा कम्पनीमा झुम्मिएका लगानीकर्ता मंगलबारदेखि भने हाइड्रोतर्फ लागेका छन्।  

नेप्सेमा आइतबार सूचीकृत बीमा कम्पनीहरूको सेयरमा उछाल आउँदा समग्र नेप्से उच्च अंकले बढेको थियो। बजार सुधार भएसँगै लगानीकर्ताहरू पुनः जलविद्युत कम्पनीमै झुम्मिएका छन्।

यस पटकको बुलमा हाइड्रोपावरको सेयरमा सबैभन्दा धेरै उछाल आएको थियो। विद्युत नियमन आयोगले हकप्रद सेयर निष्कासन गर्न मिल्ने कानून बनाएसँगै जलविद्युत कम्पनीको सेयरमा आकर्षण देखिएको थियो। पछिल्लो समय लगातार घटेको हाइड्रको सेयरमा मंगलबारदेखि भने उभार आएको छ। 

जलविद्युत कम्पनीको सेयर तुलनात्मक रुपमा कम हुन्छ। सेयर संख्या कम हुने भएकाले लगानीकर्ताहरूलाई खेलाउन सबैभन्दा सजिलो हुने गरेको छ। गएको सातादेखि हरियाली छाइरहेको सेयर बजारमा लगातार १७८.६२ अंकको वृद्धिपछि उतारचढावबीच मंगलबार झिनो अंकको गिरावट देखिएको छ। 

गएको साता र यो साता आइतबार र सोमबार दुई दिनको कारोबारमा गरी बजारमा देखिएको १७८.६२ अंकको वृद्धिले सकारात्मक संकेत गरेपनि मंगलबारको उतारचढाव फरक रह्यो। मंगलबार उतारचढावका बीच बजारले ओरालो बाटो समातेको छ। तर हाइड्रोतर्फका अधिकांश सेयर मूल्य बढेको छ। 

मंगलबार बिन्दवासिनी हाइड्रो, सामलिङ पावर, हिमाल दोलखा हाइड्रो, रिभर फल्स पावर, चमेली, पाँचथर पावर, जोशी, माउन्टेन हाइड्रो कम्पनीको सेयर मूल्यमा उभार आएको छ। मंगलबार सेयर बजार घटेपनि हाइड्रो समूह तर्फ भने २८ अंकको बृद्धि भएको छ। बैंकिङ, सेवातर्फको होटल, बीमालगायत समूहको भने सेयर मूल्य घटेको छ। 

hyadro.png

गत आइतबार नेपाल इन्स्योरेन्स कम्पनी, आईएमई जनरल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको थियो। भने अधिकांश कम्पनीको सेयर मूल्य पनि उच्चदरमा बढेको थियो। लगानीकर्ताहरू बीमा कम्पनीहरूको सेयर खरिदमा झुम्मिने संकेत गरेका थिए।  

यस्तै एनएलजी इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र नेको इन्स्योरेन्सको सेयर मूल्य पनि १० प्रतिशत बढेको छ। एसियन लाइफ इन्स्योरेन्सर शिखर इन्स्योरेन्स कम्पनीको सेयर मूल्य पनि बढेको छ। लगानीकर्ताहरू पुनः बीमामा आकर्षित हुने देखिएको थिए।  


प्रकाशित : बुधबार, साउन १८ २०७९०१:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend