शुक्रबार, चैत १६ गते २०८०    
images
images

कुन आन्तरिक विमानस्थलमा कस्ता संरचना निर्माणका लागि कति बजेट?

images
images
कुन आन्तरिक विमानस्थलमा कस्ता संरचना निर्माणका लागि कति बजेट?
images
images

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभरमा आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति तथा विकासलाई विशेष प्राथमिता दिँदै बजेट विनियोजन गरेको छ।

images
images
images

प्राधिकरणले चाल आर्थिक वर्ष २०७९/०८० मा देशभरका आन्तरिक विमानस्थलमा टर्मिनल भवनदेखि अन्य संरचना मर्मत तथा सम्भार गर्ने गरी बजेट ल्याएको छ। प्राधिकरणले ल्याएको झन्डै ४२ अर्बको बजेटमा २६ अर्बभन्दा बढी रकम विकास निर्माणका लागि छुट्याइएको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताएका छन्।

images

देशभरमा विमानस्थललाई सुविधासम्पन्न बनाउने लक्ष्यअनुरुप बजेट विनियोजना भएको अधिकारीले बताए। प्राधिकरले पुँजीगत खर्चतर्फ २६ अर्ब ८२ करोड रुपैयाँ विनियोजना गरेको छ।

images
images

प्राधिकरणले सिमिकोट विमानस्थलको एप्रोन विस्तार कार्यका लागि ६ करोड रुपैयाँ विनियोजन गरेको छ। यो बहुवर्षीय आयोजना हो। विमानस्थलको एप्रोन विस्तारका लागि १९ करोड रुपैयाँमा ठेक्का भएको छ।

यसैगरी प्राधिकरणले ताप्लेजुङ विमानस्थलको धावनमार्ग विस्तारकाम लागि ७० लाख रुपैयाँ विनियोजन गरेको छ। बहुवर्षीय योजना अन्तगर्त प्राधिरकणले भरतपुर विमानस्थलको रनवे विस्तारका लागि १२ करोड रुपैयाँ विनियोजन गरेको छ।

चन्द्रगढी विमानस्थलमा फायर भेकल टर्निङ प्याड र कार पार्किङ क्षेत्र निर्माणका लागि प्राधिकरणले ४० लाख रुपैयाँ विनियोजन गरेको छ।

प्राधिकरणले दाङ विमानस्थल विस्तार तथा विकासका लागि बहुवर्षीय आयोजना अन्तर्गत १ करोड ९४ लाख ६९ हजार रुपैयाँ विनियोजन गरेको छ।

यसैगरी नलिनचोकमा हेलिप्याड बनाउनका लागि १५ करोड रुपैयाँ र चन्द्रागढी विमानस्थलको डिभीओआर/ डिएमई सम्मक पुग्ने बाटो तथा सवारी पार्किङ क्षेत्र विस्तारका लागि ३० लाख रुपैयाँ प्राधिकरणले छुट्याएको छ।

कालिकोट विमानस्थमा कालोपत्र तथा अन्य कार्य गर्नका लागि ४ करोड २५ लाख रुपैयाँ र सगरमाथ विमानस्थल निर्माणका लागि ४ करोड १५ लाख रुपैयाँ प्राधिकरणले विनियोजन गरेको छ।

धनगढी विमानस्थलमा सवारी पार्किङ तथा पहुाँचमार्ग निर्माणका लागि १ करोड १८ लाख ८९ हजार रुपैयाँ प्राधिकरणले चालु आर्थिक वर्षको बजेट मार्फत छुट्याएको छ।

सिमरा विमानस्थलमा पेरिफेरि रोड तथा एक्सेस रोड निर्माण, धावनमार्ग, ट्याक्सी वे ओभरलेका लागि ८ करोड रुपैयाँ विनियोजन भएको छ।

यसैगरी जोमसोम विमानस्थलमा नदी नियन्त्रण तथा विमानस्थलको विकासका लागि ४ करोड ४२ लाख रुपैयाँ, जुफल विमानस्थलका धावनमार्ग स्तरोन्नतिका लागि ३ करोड र कालिकोट विमानस्थलमा रिट्रेनिङ वाल तथा ड्रेन निर्माणका लागि ५० लाख रुपैयाँ प्राधिकरणले विनियोजन गरेको छ।

प्राधिकरणले रारा विमानस्थल एप्रोन तथा पहिरो नियन्त्रणका लागि ९ करोड  ९६ लाख, दार्चुलाको गोकुलेश्वर विमानस्थलका लागि २ करोड ६५ करोड, महेन्द्रनगर विमानस्थल सुदृकरणका लागि २४ करोड ४२ लाख र कमलराबजार विमानस्थलका लागि १ करोड  रुपैयाँ विनियोजन गरेको छ।

प्राधिकरणले अर्घाखाँची विमानस्थलको धावनमार्ग,टयाक्सीरेएप्रोन, कालोपत्रे तथा फेन्सिक ड्रेनेज तथा अन्य निर्माण कार्यका लागि ६ करोड २२ लाख र इलाम विमानस्थलमामा चेनलिंक तथा फेन्सिङ तथा एक्सेस सडक निमार्णका लागि ८८लाख ४९ हजार रुपैयाँ विनियोज गरेको छ।

भेरिगंगा विमानस्थल रामघाट सूखेतमा प्रादेशिक विमानस्थल निर्माणका लागि ४ करोड ४२ लाख ४७ हजार रुपैया, बाजुरा विमानस्थलमा स्लरी सिल तथा मर्किगका लागि २ करोड  र विराटनगर विमानस्थलमा धावनमार्ग विस्तार, ट्याक्सी वे सुधारका लागि ३ करोड रुपैयाँ प्राधिकरणले विनियोजन गरेको छ।

यसैगरी बझाङ विमानस्थलमा चेनलिंक फेसिंग निर्माणका लागि १ करोड ३२ लाख ७४ हजार र रारा विमानस्थलमा स्लरी सिलका लागि २ करोड रुपैया प्राधिकरणले विनियोजन गरेको छ।

साथै राजविराज विमानस्थलमा चेनलिंक फेसिंग निर्माणका लागि १ करोड ५० लाख, ताप्लेजूग विमानस्थलमा चेनलिंक फेसिंग निर्माणका लागि २ करोड र  तुम्निस्टार विमानस्थलमा ल्याण्ड स्केपिङका लागि ५० लाख रुपैयाँ विनियोजन गरेको छ।

प्राधिकरणले सम्रगमा रनवे, ट्याक्सी वे र एप्रोन निर्माणका लागि कुल १ अर्ब २३ करोड ७६ लाख रुपैयाँ विनियोजन गरेको छ।

कुन विमानस्थलको भवन निर्माणका कति?

प्राधिकरणले देशभरका विमानस्थलहरूमा भवन निर्माणका लागि १ अर्ब ५१ करोड ६३ लाख रुपैयाँ चालु आर्थिक वर्षको बजेटमा विनियोजन गरेको छ।

प्राधिकरणले तुम्लिङटार विमानस्थलमा  टर्मिनल भवन निर्माणका लागि ६ करोड, साँफेवगर विमानस्थलमा टर्मिनल भवन तथा टावर निर्माणका लागि ५० लाख, नलिन्चोक हेलिपोर्टमा टर्मिनल भवन तथा टावर निर्माणका लागि १ करोड र विराटनगरमा कमर्शियल भवन निर्माणका लागि  ५० लाख र मसिनेचौर विमानस्थलमा टर्मिनल तथा टावर भवन निर्माणका लागि १५ लाख, चन्द्रगढी विमानस्थलमा टर्मिनल भवन लगायतका भवन निर्माणका लागि ५० लाख र सिमरा विमानस्थल कन्ट्रोल टावर तथा अफिस भवन निर्माणका लागि २ करोड ६५ लाख र जुम्ला विमानस्थलमा टर्मिनल भवन बनाउन १ करोड रुपैयाँ प्राधिकरणले विनियोजन गरेको छ।

चन्द्रगढी विमानस्थलमा पानी ट्यांकी निर्माणका लागि ४० लाख, अर्घाखाँची विमानस्थलमा टर्मिलन भवन बनाउन १ करोड, दाङ विमानस्थलमा टावर भवन बनाउन १ करोड ८८ लाख, डोटी विमानस्थलमा टर्मिलन भवन बनाउन २ करोड ६५ लाख, रामेछाप विमानस्थलमा टर्मिनल भवन तथा कन्ट्रोल टावर भवन निर्माणका लागि १ करोड ४१ र नेपालगञ्ज विमानस्थलमा नयाँ टर्मिनल भवन बनाउन २६ करोड २१ लाख रुपैयाँ विनियोजन भएको छ।

यसैगरी बैतडीको पाटन विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माणका लागि ३ करोड ५३ लाख रुपैयाँ र प्राधिकरणको भवन निर्माणका लागि १ अर्ब ५ करोड रुपैयाँ विनियोजन भएको छ।

यसैगरी बझाङ विमानस्थल सुरक्षा गार्ड भवन निर्माणका लागि १ करोड ३२ लाख, भरतपुर विमानस्थलको टर्मिनल भवन निर्माणका लागि १९ करोड ४२ लाख,  इलाम विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माणका लागि १ करोड ३७ लाख, महेन्द्रनगर विमानस्थलमा नयाँ टर्मिनल भवन तथा टावर निर्माणका लागि १ करोड ७६ लाख र विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माणका लागि २५ करोड ७६ लाख रुपैयाँ प्राधिकरणले विनियोजन गरेको छ।

यसैगरी बहुवर्षीय आयोजना अन्तर्गतन सिमरामा विमानस्थलमा नयाँ टर्मिनल भवन बनाउन २२ लाख १२ हजार, धनगढी विमानस्थलमा विभिन्न कामका लागि भवन निर्माणमा २ करोड, रारा विमानस्थलमा टर्मिनल भवन निर्माणमा लागि ५ करोड र साँफेबगर विमानस्थलको पुरानो टर्मिनल भवन मर्मत तथा टावर निर्माणका लागि चालु आवको बजेटमा प्राधिकणले ३० लाख रुपैयाँ विनियोजन गरेको छ।

images

प्रकाशित : मंगलबार, साउन १७ २०७९०८:२०

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ