बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

विद्यालयसँगै कागती खेतीमा रमाइरहेका सरकारी शिक्षक 

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, साउन १७ २०७९
images
images
विद्यालयसँगै कागती खेतीमा रमाइरहेका सरकारी शिक्षक 

आफू शिक्षक पनि भएकाले आफूले समाजमा कृषि खेतीबाट मनग्य आम्दानी गरेपछि आफ्ना छिमेकीलाई पनि त्यो खेतीतर्फ प्रोत्साहन गर्ने योजना छ।

images
images

तुलसीपुर- दिनभर विद्यालयमा विद्यार्थीसँगै हुने मीनबहादुर केसी साँझ-बिहान र बिदाको समयमा भने सधैँजसो बारीमै व्यस्त हुन्छन्। दिनभरको विद्यालयको थकान मेट्ने एउटा माध्यम उनको बारी बन्ने गरेको छ। शान्तिनगर गाउँपालिका-४ गिधनिया निवासी उनले आफ्नो छ कठ्ठा जग्गामा कागती र केराखेती गर्नुभएको छ ।

images
images

शान्तिनगर गाउँपालिका-३ स्थित आधारभूत विद्यालय केराघारी लामो समयदेखि प्रधानाध्यापकको भूमिकामा रहेका शिक्षक केसीले आफ्नो बारीमा कागती र केराखेती गरेका छन्। 'दिनभर स्कुलमा व्यस्त हुन्छु, दिनभरको थकान मेट्न बारीमा व्यस्त हुने गरेको छु', उनले भने। उनले अहिले छ कठ्ठामा कागती खेती गरेको भए पनि केही समयपछि ११ कठ्ठामा खेती गर्ने लक्ष्य राखेका छन्।

images
images

खेती गरेको एक वर्षको भएकाले तत्काल आम्दानी लिन नसकेको भए पनि केही समयपछि मनग्य आम्दानी गर्ने उनको धोको छ। 'तत्कालन आम्दानी लिन सकिएको छैन', उनले भने, 'केही समयपछि मनग्य आम्दानी हुन्छ भन्ने अपेक्षा गरेको छु।' 

images
images

दिनमा दुई घण्टा हिँडेर विद्यालय पुग्ने शिक्षक केसी अबको दुई वर्षपछि अवकाश लिँदै छन्। लामो समय एउटै विद्यालयमा पढाउँदै आउनुभएका उनले अवकाश पछि पूर्णरूपमा व्यावसायिक कृषिखेती गर्ने धोको राखेका छन्। 'म विसं २०४५ देखि शिक्षण पेशामा छु, लामो समय केराघारी स्कुलमा पढाउँदै आएको छु', उनले भने, 'अवकाशपछि व्यावसायिक कृषिखेती गर्ने सोच बनाएको छु।'

आफू शिक्षक पनि भएकाले आफूले समाजमा कृषि खेतीबाट मनग्य आम्दानी गरेपछि आफ्ना छिमेकीलाई पनि त्यो खेतीतर्फ प्रोत्साहन गर्ने योजना छ। उनले आफू त्यस क्षेत्रको उदाहरणीय किसान बनेर मनग्य आम्दानी गर्ने र त्यसबाट अरूलाई पनि आकर्षित गराउने योजना रहेको बताए।

पहिलेदेखि नै कृषि खेतीप्रति चासो रहे पनि शिक्षण पेशाले गर्दा त्यस्तो समय मिलाउन नसके पनि पछिल्लो समय भने समय निकालेर व्यावसायिक खेती गर्ने गरेको उनको भनाइ छ। रासस


प्रकाशित : मंगलबार, साउन १७ २०७९०५:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend