शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

६ महिनामा सञ्चालनमा आउनुपर्ने अवैध मोबाइल 'लक' गर्ने प्रणाली 'एमडीएमएस' ३ वर्षमा पनि भएन

images
images
images
६ महिनामा सञ्चालनमा आउनुपर्ने अवैध मोबाइल 'लक' गर्ने प्रणाली 'एमडीएमएस' ३ वर्षमा पनि भएन

यो प्रणाली सञ्‍चालनमा आएपछि उपभोक्ता, व्यवसायी तथा राज्यलाई फाइदा हुने प्राधिकरणको विश्वास छ। 

images
images

काठमाडौं- ठेक्का सम्झौता भएको तीन वर्ष र तयार भएको एक वर्षपछि पनि अवैध मोबाइल नियन्‍त्रणका लागि बनाइएको प्रणाली एमडीएमएस सञ्‍चालन भएको छैन। 

images
images
images

नेपाल दूरसञ्‍चार प्राधिकरणले यो प्रणाली यही साउनदेखि सञ्चालनमा आउने अन्तिम पटक घोषणा गरेपनि तत्काल सञ्चालनमा आउने सम्भावना देखिएको छैन। 

images

प्रणाली जडान तथा सञ्चालनको जिम्मेवारी पाएको मलेसियन कम्पनी नुमेराले काममा आलटाल गर्दै आएको छ। कोरोना महामारी सुरु हुनुअघि नै सम्पन्न गर्नुपर्ने काम विभिन्न बहाना बनाउँदै टार्दै आएको छ। 

images

बैशाखदेखि नै सञ्चालनमा गर्ने भनेको प्राधिकरणले अन्तिमपटक साउनदेखि सञ्चालनमा ल्याउने बताएको थियो। यो मितिसम्म पनि कम्पनीले उपकरण जडानको काम सकेको छैन। 

images
images

ठेक्का सम्झौता तोड्ने चेतावनी दिएपछि अहिले कम्पनीले कामलाई तीव्र बनाएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए। अहिले भेन्डरको दर्ताको काम गरिरहेको छ। गएको एक वर्षदेखि प्रणालीका लागि आवश्यक उपकरण राख्ने भवन निर्माणकै काममा लागिरहँदा सञ्चालनमा ढिलाइ भएको छ। 

'कम्पनीलाई हामीले चेतावनी दिएका छौं। अबपनि समयमै काम नगरे सम्झौता अनुसार अघि बढ्ने हामीले निर्णय सुनाइसकेका छौं। अब उसले छिटै काम गर्नेमा हामी विश्वस्त छौं' खनालले भने। 

अबको १/२ महिनामा पूर्ण सञ्चालनमा आउने उनको भनाइ छ। 

ठेक्का सम्झौताअनुसार यो प्रणाली ठेक्का सम्झौता भएको छ महिनामै सकिनुपर्ने थियो। 

कोरोना भाइरस महामारी सुरू हुनुअघि नै सम्पन्न हुनुपर्ने काम लकडाउनको कारण देखाउँदै ढिला भएको बताइएको छ। मलेसियन कम्पनी नुमेरासँग प्राधिकरणले  २०७६ असारमा  ७० लाख ६६ हजार ८ सय ८८ अमेरिकी डलरमा सम्झौता गरेको थियो।

यो ठेक्का निकै विवादित बनेको थियो। मलेसियामै डेटा चोरीको आरोप लागेको कम्पनीसँग मिलेमतोमा ठेक्का सम्झौता गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको थियो।

यो प्रणाली सञ्‍चालनमा आएपछि नेपालमा पनि दर्ता भएर वैध च्यानलबाट आएका मोबाइल डिभाइसमा मात्र नेटवर्कले काम गर्ने छ।प्रणालीको डेटाबेसमा नभएका डिभाइस ब्लक गरिने छ। मोबाइल डिभाइस म्यानेजमेन्ट विनियमावलीअनुसार आधिकारिक आयातकर्ताहरूले डिभाइसको युनिक नम्बर (जस्तै आइएमइआइ नम्बर ) दर्ता गराउनुपर्ने छ।

यसरी दर्ता भएका डिभाइसको डेटाबेस सेवाप्रदायकहरुको नेटवर्कसँग जोडिने छ। प्रणालीको कालोसूचीमा नभएको भएमात्र नेटवर्कले काम गर्ने नत्र ब्लक हुने छ। 

विनियमावलीमा तोकिएको ढाँचामा आयातकर्ताहरूले दर्ता गर्छन्। सोही सूचना भन्सारसँग पनि साझेदारी हुन्छ। त्यसैको आधारमा आएका मोबाइल वैध हुन्छन्। दर्ता नभएका मोबाइल स्वत: कालोसूचीमा पर्छन्। व्यक्तिगत रूपमा विदेशबाट मोबाइल ल्याउनेहरूले पनि दर्ता गर्नुपर्ने छ। व्यक्तिगत रूपमा ल्याएकाहरूले निर्धारित ढाँचामा आफ्नो व्यक्तिगत विवरण दिएर डिभाइस दर्ता गर्नुपर्ने छ।

कुनै पनि एउटा व्यक्तिले एक वर्षमा निश्चित डिभाइस मात्र दर्ता गर्न पाउने छ। तर कति संख्या भन्‍ने अहिले निर्धारण भएको छैन। कुनै पनि डिभाइस प्रणालीको डेटाबेसमा नहुनेबित्तिकै पहिलो पटकमै कालोसूचीमा भने पर्ने छैनन्। डेटाबेसमा नदेखिएपछि प्रणालीले चेतावनी सूचीमा राख्‍नसक्ने छ। त्यसपछि प्रयोगकर्तालाई उक्त चेतावनी पठाइने छ। यसरी पनि दर्ता नभएपछि कालोसूचीमा राखिने छ।

विनियमावली अनुसार यो प्रणाली सञ्चालनमा आउनेबित्तिकै कालोसूचीको प्रक्रिया सुरू हुने छैन। सञ्चालनमा आएको पहिलो छ महिनालाई परीक्षण तथा जनचेतनाको अवधि मानिने छ। छ महिनापछि मात्र बाध्यकारी हुने छ।

यो प्रणाली सञ्‍चालनमा आएपछि उपभोक्ता, व्यवसायी तथा राज्यलाई फाइदा हुने प्राधिकरणको विश्वास छ। 

व्यवस्थित प्रणालीमा मोबाइलको युनिक नम्बर दर्ता हुने भएकाले सुरक्षित सञ्‍चारको अनुभव उपभोक्ताले गर्ने, डिभाइस हराएमा तत्काल ब्लक गर्न सकिनेजस्ता सुविधा उपभोक्ताले पाउने छन्। 

यो प्रणालीको अर्को फाइदा भनेको कर तिरेर ग्रिन च्यानलबाट भित्रिएका डिभाइस हुँदा व्यवसायीलाई राहत हुने छ। ग्रिन च्यानलबाटमात्र आयात हुँदा राज्यले स्वभाविक रूपमा कर धेरै पाउने भयो।

यस्तो प्रणालीको अभावमा देशभित्र अवैध रूपमा मोबाइलको आयात हुँदै आएको व्यवसायीहरूले गुनासो गर्दै आएका छन्। कर नतिरी अवैध भित्रिएका मोबाइलसँग कर तिरेर आएकाले प्रतिस्पर्धा गर्न कठिन हुने देशभित्र अवैध व्यापार फस्टाउने अवस्था आएको व्यवसायीहरूले बताउँदै आएका छन्। उनीहरूले प्राधिकरसमक्ष प्रणाली छिटो सञ्चालनमा ल्याउन माग गर्दै आएका थिए।

images

प्रकाशित : मंगलबार, साउन १७ २०७९०२:१९

प्रतिक्रिया दिनुहोस