शुक्रबार, माघ २५ गते २०८१    
शुक्रबार, माघ २५ २०८१
images
images

प्रयास नेपाललाई हिमालय एयरलाइन्सको शैक्षिक समाग्री सहयोग

images
बिहीबार , असोज १४ २०७८
images
images
प्रयास नेपाललाई हिमालय एयरलाइन्सको शैक्षिक समाग्री सहयोग

हिमालय एयरलाइन्सले शिक्षातर्फको सहयोगी प्रयासलाई अघि बढाउँदै प्रयास नेपाललाई वर्षभरि आवश्यक पर्ने शैक्षिक सामग्री प्रदान गरेको छ।

images
images

काठमाडौं-हिमालय एयरलाइन्सले शिक्षातर्फको सहयोगी प्रयासलाई अघि बढाउँदै प्रयास नेपाललाई वर्षभरि आवश्यक पर्ने शैक्षिक सामग्री प्रदान गरेको छ। हिमालयले निरन्तर पाँचौँ वर्षका लागि ती सामग्री प्रदान गरेको हो।

images
images
images

आजै सम्पन्न संक्षिप्त अन्तर्क्रियात्मक कार्यक्रमका बीच हिमालयका पदाधिकारीहरुले संस्थालाई आवश्यक पर्ने स्टेसनरी, नोट–बुक्स्, रजिस्टर, कलम र विभिन्न कक्षाका विद्यार्थीहरुका लागि शैक्षिक पाठ्यपुस्तक प्रदान गरेका हुन्। एयरलाइन्सले कोभिड–१९ विरुद्ध आवश्यक जनचेतना अभिवृद्धि गर्न र त्यस रोगविरुद्ध सुरक्षा मापदण्ड अपनाउन आवश्यक पर्ने विविध शिक्षामूलक पोस्टरहरुसमेत प्रदर्शनार्थ प्रदान गरेको छ।

images
images

प्रयास नेपाल, ३ जना फरक क्षमता भएका विद्यार्थीका साथ २६ जना बालबालिकाहरु रहेको एक अनाथालय हो। विगत केही वर्षदेखि ती विद्यार्थीले शैक्षिक गतिविधिका साथ नृत्य, खेलकुदलगायतका क्षेत्रमा समेत उत्कृष्टता हासिल गर्दै आएका छन्। भ्रमणका क्रममा हिमालयका पदाधिकारीहरुले विद्यार्थीसँग अन्तर्क्रिया गर्दै उनीहरुलाई कोभिड–१९ विरुद्ध लड्ने र बच्ने उपायहरुबारे प्रशिक्षणसमेत दिएका थिए।

images
images
images


प्रकाशित : बिहीबार , असोज १४ २०७८०७:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend