शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

मन्त्री र ठूला नेताको क्षेत्रमा विमानस्थल आयोजना 

images
सोमबार, साउन १६ २०७९
images
मन्त्री र ठूला नेताको क्षेत्रमा विमानस्थल आयोजना 

आर्थिक रुपले सम्भाव्य तथा भौगोलिक रुपमा आवश्यकभन्दा पनि नेताको प्रभाव विस्तारका लागि विमानस्थल आयोजना अघि बढाइएको छ। 

images
images

काठमाडौं-  नेपाल नागरिक उड्डयन प्राधिकरणले आर्थिक वर्ष २०७९/८० का लागि बजेट तथा कार्यक्रम ल्याएको छ। प्राधिकरणले विभिन्न आयोजना तथा कार्यक्रम घोषणा गरेको छ।

images
images
images

सञ्चालनमा रहेका विमानस्थलको स्तरोन्नति तथा नयाँ आयोजनालाई प्राधिकरणले कार्यक्रममा समावेश गरेको छ। 

images
images

नेपालगञ्ज, धनगढी तथा विराटनगर विमानस्थल स्तरोन्नतिका लागि प्राधिकरणले कार्यक्रम ल्याएको छ। पहिलेदेखि नै अध्ययन भएका यस्ता आयोजनाका विभिन्न कार्यक्रम अघि बढाउनेगरी बजेट विनियोजन गरिएको छ। 

images
images

यसबाहेक प्राधिकरणले मन्त्री तथा सत्तारुढ दलका नेताका निर्वाचन क्षेत्र लक्षित विमानस्थल आयोजना कार्यक्रम समावेश गरेको छ। 

अध्ययन तथा आवश्यकताभन्दा पनि नेताको प्रभावमा विमानस्थल आयोजनाको घोषणा गरिएको छ। 

आर्थिक रुपले सम्भाव्य तथा भौगोलिक रुपमा आवश्यकभन्दा पनि नेताको प्रभाव विस्तारका लागि विमानस्थल आयोजना अघि बढाइएको छ। 

निवर्तमान संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको प्रभावमा महेन्द्रनगर विमानस्थलको स्तरोन्नति गर्ने कार्यक्रम प्राधिकरणले राखेको छ। त्यस्तै डडेलधुरा तथा सुर्खेतको भेरिगङ्गामा विमानस्थलको सम्भाव्यता अघि बढाउने कार्यक्रम प्राधिकरणले राखेको छ। डडेलधुरा प्रधानमन्त्री शेरबहादुर देउवाकै निर्वाचन क्षेत्र हो भने सुर्खेतको आयोजना कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको जिल्ला हो। 

त्यस्तै परराष्ट्रमन्त्री तथा कांग्रेस नेता नारायण खड्काको जिल्ला उदयपुरमा विमानस्थल निर्माणको काम अघि बढाउने प्राधिकरणले घोषणा गरेको छ। 

अर्थमन्त्री जनार्दन शर्माको निर्वाचन क्षेत्र रुकुम चौरजहारी विमानस्थल वर्षौँदेखि प्रयोगमा छैन। सडक यातायातको बिस्तारपछि खासै प्रयोगमा रहेको चौरजहारी विमानस्थल सञ्चालन गर्नुको साटो क्षमता विस्तारका लागि अध्ययन गर्ने प्राधिकरणले कार्यक्रममा समेटेको छ। 

नेकपा माओवादी केन्द्रको प्रभाव क्षेत्रका रुपमा रहेको सिन्धुलीमा विमानस्थल आयोजना अघि बढाउने कार्यक्रम प्राधिकरणले राखेको छ। माओवादीका स्थायी समिति सदस्य हरिबोल गजुरेलको जिल्ला सिन्धुलीमा विमानस्थल निर्माणका लागि आयोजना अघि बढाउने तयारी प्राधिकरणको छ। 

माओवादी नेता तथा शिक्षामन्त्री देवेन्द्र पौडेलको जिल्ला बाग्लुङमा यसअघि नै बलेवा विमानस्थल कालोपत्रे भइसकेको छ। व्यावसायिक रुपमा उडान सम्भव नभएपछि कुनै पनि उडान नभएर असफल पनि बाग्लुङमै अर्को विमानस्थल आयोजना अघि बढाउनेगरी प्राधिकरणले बजेटमा समेटेको छ।


प्रकाशित : सोमबार, साउन १६ २०७९०१:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend