आइतबार, जेठ ६ गते २०८१    
images
images

बिजुली व्यापार स्वदेशमा कि विदेशमा? यस्ता छन् विज्ञका राय

images
आइतबार, साउन १५ २०७९
images
images
बिजुली व्यापार स्वदेशमा कि विदेशमा? यस्ता छन् विज्ञका राय
images
images

काठमाडौं- प्रसारण लाइनको बढ्दो लागतले अन्तरदेशीय बिजुली व्यापारमा समस्या पर्न सक्ने तर्फ विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।

images
images
images

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको अन्तक्रिया कार्यक्रमा विज्ञहरूले अन्तरदेशीय व्यापारमा निजी क्षेत्रलाई समेत समावेश गर्नुपर्नेमा जोड दिएका छन्। 

images

कार्यक्रममा बोल्दै पूर्वसचिव दिनेश घिमिरेले अन्तरदेशीय बिजुली व्यापारका लागि विद्युत प्राधिकरणसँगै निजी क्षेत्रलाई समेत समावेश गराउनु पर्ने बताए। 

images
images

‘मुख्य कुरा प्रसारण लाइन नै हो, दुईसय मेगावाट हामीले बाहिर पठाइरहेका छौँ,’ घिमिरेले भने। अब निजी क्षेत्र पनि यसमा समावेश गराउँदा ट्रान्समिसन लाइनको क्षमता विस्तारमा लगानीसमेत निजी क्षेत्रले गर्ने उनले बताए। 

images
images

पछिल्लो समय नेपालको विद्युत क्षेत्रमा धेरै राम्रो विषयहरू आइरहेको बताउँदै योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले ट्रान्समिसन लाइनहरूको लागत खर्च बढ्दो अवस्थामा रहेको बताए। खासगरी समयमा निर्माण नगर्दा पनि समस्या आएको उल्लेख गर्दै ट्रान्समिसन लाइनमा खर्च घटाउन केन्द्रित हुनुपर्ने उनले बताए। ‘लागत घट्नेवित्तिकै अन्तर्राष्ट्रिय बजारमा नेपालको बिजुली निर्यातमा सहज हुने छ,’ पौडेलले भने। 

प्रसारण लाइन भनेको बिजुलीको हाइबे भएकोले जसरी सडकमा सबै प्रकारका सवारी गुड्छन ट्रान्समिसन लाइनमा पनि सबैका बिजुली छोड्नुपर्ने र जसले मार्केट खोज्छ उसैलाई व्यापार गर्न दिनुपर्ने समेत उनले बताए। नेपालमा बिजुली स्वदेशमै खपत गराउने कि बाहिर बिक्री गर्ने भन्ने पनि बहस हुने गरेको बताउँदै खपत हुँदासम्म स्वदेशमा नै खपत गर्ने भएकोले बढी भए विदेशमा बिक्री गरिने उनले बताए। 

अबको लगानी भनेकै ट्रान्समिसनमै बढाउनुपर्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। सकेसम्म स्वदेशी विद्युतकै खपत गराउने भएपनि बढी भएर बाहिर निर्यात गर्न थालेको उनले बताए। घिसिङले विद्युतीय सवारी र अन्य प्रयोगमा समेत विद्युतीय प्रयोगमा जोड दिनुपर्ने बताए। 

‘बिजुलीबाट चल्ने गाडीको प्रतिकिलोमिटर खर्च १ रुपैयाँ पनि पर्दैन, यता पेट्रोलको गाडीमा प्रतिकिलोमिटर खर्च २० रुपैयाँ रहेको छ’ घिसिङले भने। नेपालमा बिजुलीमा धेरै लगानीहरू आइरहेका छन्। धेरै ट्रान्समिसनमा लगानी भइरहेको बताउँदै घिसिङले अहिले कुनै पनि आयोजनाको उत्पादित बिजुली खेर नगएको बताए।  

ट्रान्समिसन प्राइसिङको मूल्य ३ रुपैयाँ पुगिसकेको छ। यो मूल्य सबै मिलेर घटाउँदै जानुपर्ने घिसिङले बताए। एक वर्षभित्र १६ अर्बभन्दा बढीको बिजुली बिक्री गर्ने लक्ष्य राखेको समेत घिसिङले बताए। गत वर्ष ५ अर्ब रुपैयाँको बिजुली विद्युत प्राधिकरणले निर्यात गरेको थियो। 


प्रकाशित : आइतबार, साउन १५ २०७९१०:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend