शुक्रबार, वैशाख १४ गते २०८१    
images
images
टिप्पणी

निगम अध्यक्ष युवराज अधिकारीलाई प्रश्न : ६ चिनियाँ जहाज उडे त?

मासिक ३ करोड कमाउने प्रस्ताव कता हरायो?

images
images
images
निगम अध्यक्ष युवराज अधिकारीलाई प्रश्न : ६ चिनियाँ जहाज उडे त?
images
images

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ६ वटा चिनियाँ जहाज न त उडान गर्‍यो न त व्यवस्थापनको कुनै योजना तयार गरेको छ। बरु निगम कार्यकारी अध्यक्ष युवराज अधिकारीले जहाज भाडामा लगाउँदै मासिक तीन करोड रुपैयाँ कमाउने प्रस्ताव दराजमा थन्क्याएर राखेका छन्।

images
images
images

चिनियाँ जहाज उडान गर्ने निर्णय उल्टाउँदै उडान गर्ने उद्घोष गर्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले मन्त्री पदबाट बाहिरिए। तर चिनियाँ जहाज उडान गर्ने विषयमा कुनै काम हुन सकेको छैन।

images

२०७७ साउनदेखि उडान बन्द भएको चिनियाँ जहाज अहिले विमानस्थलमा थन्किएका छन्। जहाज मात्रै होइन चिनियाँ जहाज भाडामा लगाउँदै मासिक तीन करोड रुपैयाँ कमाउने योजनासमेत तुहिएको छ।

images

निगम सञ्चालक समितिको २०७७ असारमा बसेको बैठकले चिनियाँ जहाज उडान बन्द गर्ने र व्यवस्थापन गर्ने निर्णय गरेको थियो।

images
images

सोही निर्णयअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत अर्थ मन्त्रालयले समेत जहाज उडानबाट निगम तथा सरकारलाई कुनै फाइदा नरहेको निष्कर्ष निकाल्दै व्यवस्थापनको काम गर्न सहमति दिएको थियो।

अर्थ मन्त्रालयले जहाज सकेसम्मम भाडामा लगाउनु र जहाज भाडामा लगाउन नसकेको अवस्था बिक्री गर्न नै सहमति दिएको थियो।

सोहीअनुसार तत्कालीन समय २०७७ जेठमै निगम सञ्चालक समितिको बैठकले जहाज व्यवस्थापनका लागि भाडा दिने र त्यसका लागि दररेट तय गर्न कार्यदल गठन गरेको थियो।

कार्यदलले पनि जहाज भाडामा लगाउँदै मासिक तीन करोड रुपैयाँभन्दा बढी आम्दानी हुने गरी दररेट तय गर्दै रिपोर्ट तयार गरेको थियो।

कार्यदलले तयार पारेको रिपोर्टमा निगममा छलफल हुँदै थियो। तर सरकार परिर्वतन भयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वका सरकार गठन भयो। देउवा सरकारको नेतृत्वमा बनेको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भए प्रेम आले। 

आलेले निगमकै यौनदुराचारको आरोप लगेका पूर्वकर्मचारीलाई निगम कार्यकारी अध्यक्षमा नियुक्ति गरे। नियुक्तिसँगै आले र अधिकारीले कमिसनको लोभमा चिनियाँ जहाज उडान गर्ने उद्घोष गरे। पुराना सबै प्रक्रिया रद्द गरे।

जहाज उडानका लागि आवश्यक अध्ययन टोली बनाए। जहाज उडानयोग्य बनाउनमात्रै १८ करोड रुपैयाँ लाग्ने रिपोर्ट आयो। साथै रिपोर्टमार्फत जहाज उडानबाट कुनै फाइदा नरहेको विषय पनि उजागर भयो। तर आले र अधिकारीले कमिसनकै लोभमा जहाज उडान गर्ने रटान कसिरहे। जहाज उडानको विषयमा कुनै काम अगाडि बढेन। जहाज भाडामा लगाउँदै मासिक तीन करोड रुपैयाँभन्दा बढी आम्दानी हुने योजना पनि अगाडि बढाइएन।

अहिले न त जहाज उडान हुने सक्ने अवस्था छ न भाडामा लगाउने योजना कार्यान्वयनमा आउन सकेको छ। चिनियाँ जहाजको विषयमा न त निगमका कर्मचारी बोल्छन् न त अधिकारी नै। 

चिनियाँ जहाज व्यवस्थापनको विषय कसरी आएको थियो?

जहाज उडानबाट वार्षिक अर्ब रुपैयाँसम्म घाटा हुने थालेपनि निगम सञ्चालक समितिले २०७७ असारमा साउनदेखि चिनियाँ जहाज उडान नगर्ने उद्घोष गरेको थियो।

सोही निर्णयअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्थ मन्त्रालयसँग सहमति मागेको थियो। अर्थ मन्त्रालयले पनि ६ महिना समय लगाएर चिनियाँ जहाज व्यवस्थापनमा निगमलाई अधिकार दिएको थियो।

अर्थ मन्त्रालयले पहिले भाडामा लगाउन, भाडामा नलागेको अवस्थामा बिक्री नै गर्न सहमति दिएको थियो। सोहीअनुसार २०७८ जेठ १८ गते बसेको निगम सञ्चालक समितिको बैठकले जहाज कुन रेटमा भाडामा लगाउन सकिन्छ भनेर अध्ययन गर्ने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार निगमका तत्कालीन महाप्रबन्धक डिम प्रकाश पौडेलले जहाज भाडामा लगाउने विषयमा अध्ययन गर्न चिनियाँ जहाज लिजिङ उपसमिति गठन गरेका थिए। उपसमितिलाई बोर्डले अनुमोदन गरेको थियो। 

समितिले दुईवटा एमए–६० र ३ वटा वाई–१२ चिनियाँ जहाज न्यूनतम २ लाख ४४ हजार २ सय ६७ डलरसम्ममा भाडामा लगाउन सक्ने गरी अध्ययन रिपोर्ट तयार पारेको थियो।

समितिले गरेको अध्ययन रिपोर्ट तत्कालीन महाप्रबन्धक पौडेललाई बुझाएको थियो। तर असारदेखि निगमका कर्मचारीले कम्पनी मोडलमा लैजाने विषयको विरुद्धमा आन्दोलन सुरु गरेदेखि उक्त विषयमा निर्णय हुन सकेको थिएन। तर असोज २२ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएर आएका प्रेम आले र उनले नियुक्त गरेका निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले उक्त फाइल दराजमा थन्क्याएर फेरि उडानको प्रचार गरे। तर अहिलेसम्म जहाज भने उड्न सकेको छैन।

जहाज उडानकै लागि सुरुवाती चरणमै मर्मत तथा पार्टपुर्जा खरिद र पाइलट व्यवस्थापनमै २० करोड रुपैयाँभन्दा बढी खर्च गरी जहाज उडान गर्ने तयारी भएको थियो।

निगमलाई जहाज उडानबाट वार्षिक ९० करोड रुपैयाँसम्म घाटा हुन थालेपछि २०७७ असारमा बसेको निगम सञ्चालक बोर्डले जहाज उडान बन्द गर्ने निर्णय गरेको थियो। सोही निर्णयसँगै निगम व्यवस्थापनले २०७७ साउनदेखि सबै चिनियाँ जहाज सधैँका लागि उडान बन्दै गर्दै करारमा रहेका र अस्थायी कर्मचारीलाई बिदासमेत गरेको थियो। कतिपय स्थायी पाइलटलाई एयरबस ३२० र ३३० मा समेत अपग्रेड गरिएको थियो।

निगम सञ्चालक समितिको निर्णयअनुसार अर्थ मन्त्रालयले पनि चिनियाँ जहाज सबैभन्दा पहिले भाडामा लगाउने गरी काम गर्ने सहमति दिएको थियो। जहाज भाडामा लगाउन नसकेको अवस्थामा भने जहाज नै बिक्री गर्नसमेत अर्थले सहमति दिएको थियो।

सोही सहमतिपछि निगमले तीनवटा वाई-१२ र २ वटा एमए–६० जहाज भाडामा लगाउने गरी अध्ययन कमिटी गठन गरी दररेट तय गरेको थियो। तर मन्त्री आले र कार्यकारी अध्यक्ष अधिकारीले यसअघिको व्यवस्थापनको निर्णय उल्टाएर पुनः ७ वर्षसम्म निरन्तर घाटामा गएको जहाज उडान गर्ने तयारी गरेका थिए। 

जहाज भाडामा लगाउने विषयमा बनेको कमिटीले दुईवटा वाई-१२ जहाज भाडामा लगाउँदा मासिक १ लाख ४९  हजार ६ सय ९६ डलर आम्दानी गर्न सक्ने रिपोर्ट दिएको थियो।

जहाज भाडामा लगाउने विषयमा बनेको उपसमितिले कलसाइन ९ एन एकेक्यु एमए–६० जहाज मासिक भाडा न्यूनतम ७९ हजार ६४ डलर र कलसाइन ९ एन एकेआर एमए–६० जहाजको मासिक न्यूनतम ७० हजार ६ सय ३२ डलर राखेर भाडामा लगाउन सक्ने रिपोर्ट बनाएको थियो।

यसैगरी उपसमितिले तीनवटा वाई–१२ जहाज मासिक न्यूनतम ९४ हजार ६ सय ७१ डलरमा भाडामा लगाउने सक्ने रिपोर्ट निगम व्यवस्थापनलाई बुझाएको थियो।

उपसमितिले मासिक न्यूनतम कलसाइन ९ एन एकेएस २९ हजार ३ स्य ४३ डलर, ९ एन एकेटी ३२ हजार २ सय ४० डलर र ९ एन एकेभी ३३ हजार ८८ डलरमान भाडामा लगाउने सक्ने रिपोर्ट पेस गरेको थियो। सोही रिपोर्टमा उपसमितिले जहाज भाडामा न्यूनतम रकम राखेर स्वदेशी तथा विदेशी वायुसञ्चालकहरूलाई लिजमा सञ्चालन गर्न दिने गरी खुला प्रस्ताव गरी काम अगाडि बढाउन सक्ने गरी रिपोर्ट बुझाएको थियो।

तर अध्यक्ष अधिकारी र मन्त्री आलेले कमिसनको लोभमा जहाज पुनः उडान गर्ने भन्दै निगममाथि थप आर्थिक भार थप्न लागेका थिए। तर आजसम्म न जहाज उडान भएका छन् न त व्यवस्थापन नै हुन सकेको छ। 

खरिदमा पौने ७ अर्ब

६ वटा चिनियाँ जहाज खरिदमा पौन ७ अर्ब रुपैयाँ खर्च भएको छ। जहाज ल्याउँदा नेपालले अनुदान र सफ्ट लोनमा गरी ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ खर्च गरेको थियो।

कुल रकममध्ये दुई अर्ब ९४ करोड ३० लाख अनुदान सहयोग थियो भने ३ अर्ब ७२ करोड वार्षिक १ दशमलव ५ प्रतिशत दरको ऋण थियो। जहाज सञ्चालनबाट मात्रै निगमले आर्थिक वर्ष २०७६/०७७ सम्ममा २ अर्ब ३३  करोड रुपैयाँभन्दा बढी घाटा बेहोरेको थियो। साथै अहिले यो घाटा बढेर ४ अबै रुपैयाँको हाराहारी पुगेको छ।

कुन जहाज कहिले आएका थिए?

निगमले पहिलो पटक २०७१ बैशाखमा एउटा अनुदानको एमए ६० (५६ सिट) जहाज र सोही वर्षको कात्तिकमा अनुदानबापतकै एउटा वाई–१२ (१८ सिट) क्षमताको जहाज चीनबाट ल्याएको थियो।

त्यसपछि बाँकी जहाज भने क्रमशः २०७३ मा एउटा एमए–६० र एउटा वाई–१२ ल्याइएको थियो। यसैगरी निगमले २०७४ फागुनमा दुई सरकारबीचको सम्झौताअनुसार बाँकी रहेका दुईवटा वाई–१२ जहाज नेपाल ल्याएको थियो।

तर जहाज एक दिन पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेन। कहिले जहाज बिग्रिएर, त कहिले जनशक्तिको अभावमा निगमले ६ वटा जहाज एकैपटकमा एकै दिन पनि उडान गर्नै सकेको थिएन।

उडानमा समस्या भएपछि निगमले नै अध्ययन गरी जहाज उडानमा १९ वटा समस्या रहेको निष्कर्ष निकालेर उडान बन्द गर्ने घोषणा गरेको थियो।

निगमले जहाज उडान गर्दा पार्टपूर्जा पाउन समस्या, निर्माणकर्ताले जहाजमा समस्या आएपछि दिनुपर्ने सेवा दिन ढिलाइ गर्ने तथा दिँदै नदिने समस्या बढेको निष्कर्ष निकालेको थियो।

साथै निगमले १८ सिट क्षमताको जहाजमा पनि कतिपय उडान पूरा सिट क्षमताअनुसार यात्रु बोक्न नपाउने, लोड पेनाल्टीमा समेत समस्या रहेको भन्दै जहाज उडान नगर्ने निर्णय गरेको थियो। निगमकै निर्णयलाई अर्थले पनि सहमति दिएको थियो।

images

प्रकाशित : आइतबार, साउन १५ २०७९०५:४८
  • सम्बन्धित विषय:

  • # अर्बौं डुबाउने चिनियाँ जहाज


  • प्रतिक्रिया दिनुहोस