बिहीबार , वैशाख १३ गते २०८१    
images
images

बढेको भाडा भुक्तानी गर्न उद्योगलाई पत्र

images
बिजनेस न्युज
images
images
बढेको भाडा भुक्तानी गर्न उद्योगलाई पत्र
images
images

मकवानपुर-हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले २०७५ को निर्णयअनुसारको बढेको जग्गा भाडा भुक्तानीका लागि दबाब सिर्जना गर्दै उद्यागीलाई पत्र काटेको छ। 

images
images
images

 औद्योगिक क्षेत्र व्यवस्थापन कम्पनी लिमिटेडको गत २०५७ मङ्सिर ५ गतेको निर्णयअनुसारको भाडा तिर्नुपर्ने भन्दै निर्णय भएको चार वर्षपछि कार्यालयले उद्योग प्रतिष्ठानलाई पत्र काटेको हो।

images

कार्यालयले २०७५ देखि कै भाडा भुक्तानीका लागि लिमिटेडबाट प्राप्त निर्देशनअनुसार हेटौँडा औद्योगिक क्षेत्रका उद्योग प्रतिष्ठानलाई पत्र काटेको हो। गत साउन २ गते औद्योगिक क्षेत्र व्यवस्थापान लिमिटेडले हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई २०७५ सालदेखि नै बढेको भाडा भुक्तानीका लागि पत्र काटेपछि कार्यालयले उद्योग प्रतिष्ठानलाई दबाब दिएको हो।

images

 लिमिटेडले हेटौँडा औद्योगिक क्षेत्रको तत्कालीन भाडा दरमा एक सय ३३ प्रतिशत वृद्धि गरेर सोहीअनुसारको भाडा भुक्तानीका लागि कार्यालयलाई पत्र पठाएको छ। उक्त पत्रअनुसार, हेटौँडा औद्योगिक क्षेत्रको प्रतिरोपनी १९ हजार ६ सय ९१  रुपैयाँको दरले प्रतिवर्ष भाडा भुक्तानी गर्नुपर्ने हुन्छ।

images
images

कार्यालयले औद्योगिक क्षेत्रका एक सय ४९ उद्योगलाई पत्रसहित बिलसमेत पठाएको छ। कार्यालयले प्रमुख राजेन्द्र कँडेलले दिनुभएको जानकारीअनुसार, ती उद्योगलाई कूल रु १४ करोडभन्दा बढी रकमको बिल पठाइएको छ।

 लिमिटेडको निर्णय र कार्यालयले पठाएको बिलअनुसार हेटौँडा औद्योगिक क्षेत्रमा १७ रोपनी जग्गा भाडामा लिएर सञ्चालन गर्दै आएको एक उद्योगको रु नौ लाख पाँच हजार भाडा भुक्तानी गर्न बाँकी रहेको देखिन्छ। उक्त निर्णयअनुसार उद्योगले सो भाडा यसै महिना तिर्नुपर्ने हुन्छ।

 त्यस्तै, कार्यालयले जग्गाको क्षेत्रफलको आधारमा जग्गाको भाडा दर निर्धारण गर्दै आएको छ भने हरेक वर्ष पाँच प्रतिशतका दरले जग्गा भाडा दर वृद्धि हुने उद्योग प्रतिष्ठान र कार्यालयबीच सहमति भएअनुसार, हालसम्म उनीहरुले भाडा तिर्दै आएका थिए। उक्त सहमतिअनुसार, उद्योगले गत असार महिनासम्ममा प्रतिरोपनी रु आठ हजार तीन सय ३१ का दरले वार्षिकरुपमा जग्गा भाडा तिर्दै आएका छन्।

 औद्योगिक क्षेत्र व्यवस्थापन कम्पनी लिमिटेडले जग्गा भाडा बढाउने निर्णय कार्यान्वयन गर्न लागेको भन्दै त्यसको उद्योग सङ्घ मकवानपुरले विरोध जनाएको छ। उद्योग सङ्घ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेलले विज्ञप्ति जारी गर्दै नयाँ भाडा दर लागू गर्न लागेकोप्रति उद्योगी व्यवसायी एवं सङ्घको पूर्ण असहमति व्यक्त गरे।

 विभिन्न उद्योग सङ्घ र औद्योगिक क्षेत्र उद्योग महासङ्घको प्रयासमा तत्कालीन समयमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले बढेको भाडा वृद्धि लागू नगर्न लिमिटेडलाई निर्देशन दिएको प्याकुरेलले बताए। विसं २०७५ मा भएको निर्णय कार्यान्वयन नगरेर हाल सो निर्णय तत्कालीन समयदेखि कार्यान्वयन गर्नु अन्यायपूर्ण हुने उहाँको भनाइ छ । सङ्घले भाडा वृद्धि आवश्यक नभएको तथ्याङ्कसहित सुझावसमेत पेश गरेको छ। उनले कुनै पनि हालतमा उद्योगले सो भाडा नतिर्ने भन्दै निर्णय सच्याउन माग गरेका छन्।

 हेटौँडा औद्योगिक क्षेत्रमा हाल एक सय ४९ उद्योगमध्ये एक सय ३३ सञ्चालनमा रहेका छन् भने पाँच पूर्णरुपमा बन्द अवस्थामा रहेको छ । एघार उद्योग निर्माणाधीन अवस्थामा रहेको छ । 

images

प्रकाशित : बिहीबार , साउन १२ २०७९०५:२५
प्रतिक्रिया दिनुहोस