सोमबार, असोज ७ गते २०८१    
images
images

१८ करोड बक्यौता भएको एयर एसियाकै अर्को कम्पनीलाई उडान अनुमति दिने तयारी 

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन ११ २०७९
images
images
१८ करोड बक्यौता भएको एयर एसियाकै अर्को कम्पनीलाई उडान अनुमति दिने तयारी 

तर अहिले प्राधिकरणले थाइ एयर एसिया फरक कम्पनी भएको भन्दै अनुमति दिने तयारी गरेको छ। प्राधिकरणले थाइलाई उडान अनुमति दिनका लागि विमानस्थल कार्यालयसँग स्लटका बारेमा सोधेको थियो। 

images
images

काठमाडौं- मलेसियाको क्वालालम्पुरबाट काठमाडौं उडान गर्दै आएको एयर एसिया एक्सले उडान सेवा बन्द गरेको चार वर्ष भइसकेको छ। एयरलाइन्सले उडान बन्द गरे पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई तिर्नुपर्ने विमानस्थल सेवा शुल्क समयमै नतिर्दा लागेको जरिवाना भने तिरेको छैन।

images
images
images

समयमै शुल्क नबुझाउँदा १६ करोड रुपैयाँ जरिवाना पुगेको थियो। त्यसबाहेक उसले ७ करोड ठगेको थियो। त्यो सबै जोड्दा उडान बन्द गर्नेबेला २३ करोड शुल्क बाँकी थियो।

नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयले निरन्तर ताकेता गर्दा पनि शुल्क नतिरी बरु उडान नै बन्द गरेको एयर एसियाले बीचमा ५ करोड रुपैयाँ बुझाएको थियो। त्यसबाहेक अहिलेसम्म थप रकम बुझाएको छैन।

अहिलेसम्म १८ करोड रुपैयाँ एर एसिया एक्सको नाममा बक्यौता रहेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। 'बीचमा उसले पाँच करोड बुझाएको थियो। त्यसपछि उसले बुझाएको छैन। अहिले १८ करोड बाँकी छ' उनले भने।

images

बक्यौता नतिरेको मात्र होइन प्राधिकरणले पठाएको पत्रको जवाफसमेत नदिई बसेको एयर एसियाले पछिल्लो समय अर्को कम्पनीमार्फत नेपाल उडान गर्न खोजेको थियो। कोरोना महामारीअघि नै थाइ एयर एसियाले काठमाडौं उडान गर्न खोजेको थियो। थाइ एयर एसिया थाइल्यान्डमा दर्ता कम्पनी हो। यो कम्पनी एयर एसिया मलेसियाकै लगानीमा स्थापना भएको हो।

एउटै समूहको एउटा कम्पनीले शुल्क नतिरी भाग्ने अर्कोलाई निर्वाध उडान अनुमति दिन नसकिने भन्दै प्राधिकरणले थाइ एयर एसियाको अनुमति रोकिदिएको थियो। तर अहिले प्राधिकरण भने थाइ एयर एसिया मात्र होइन एयर एसिया एक्स(मलेसिया) नै आएपनि उडान अनुमति दिन तयार भएको छ।

तर अहिले प्राधिकरणले थाइ एयर एसिया फरक कम्पनी भएको भन्दै अनुमति दिने तयारी गरेको छ। प्राधिकरणले थाइलाई उडान अनुमति दिनका लागि विमानस्थल कार्यालयसँग स्लटका बारेमा सोधेको थियो। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आजै मात्र उडान स्लट दिन सकिने जानकारी प्राधिकरणलाई दिएको महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए। स्लट दिनसक्ने भएपछि प्राधिकरणले थाइ एयर एसियालाई उडान अनुमति दिने तयारी गरेको छ। 

करोडौं बक्यौता भएको कम्पनीलाई बक्यौताका बारेमा कुनै छलफल नै नगरी फरक कम्पनी भएको दाबीकै आधारमा प्राधिकरणले उडान अनुमति दिने तयारी गरेको हो। जबकी थाइ एयर एसियाको स्वामित्व संरचनाका बारेमा वेबसाइटमै स्पष्ट उल्लेख छ। 


प्रकाशित : बुधबार, साउन ११ २०७९०७:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend