आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३
धितोपत्र बोर्डको नीति तथा कार्यक्रम आज

नयाँ स्टक एक्सचेन्ज खोल्नेदेखि ब्रोकरको पुँजी वृद्धिसम्मका योजना, यस्ता छन् दर्जन कार्यक्रम

बिहीबार , साउन १२ २०७९
नयाँ स्टक एक्सचेन्ज खोल्नेदेखि ब्रोकरको पुँजी वृद्धिसम्मका योजना, यस्ता छन् दर्जन कार्यक्रम

बोर्डले ब्रोकरलाई प्रतिस्पर्धी र सोही अनुरुपको क्षमता पनि नभएको निष्कर्षसहित पुँजी वृद्धिसहित नयाँ ब्रोकरको लाइसेन्स खुला गर्न लागेको हो।

काठमाडौं- पछिल्लो समय सेयर बजार व्यापक उतार चढाव भइरहेको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीति जारी गरेपछि लगातार बढीरहेको सेयर बजार मंगलबार घट्यो भने बुधवार पुनः २३ अंकले बढेको छ। 

यहि उतारचढावकैबीच नेपाल धितोपत्र बोर्डले बिहीबार आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ। बोर्डले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम बिहीबार (आज) सार्वजनिक गर्न लागेको हो। बोर्डले पुँजी बजार सुधारसहितका कार्ययोजना नीति मार्फत ल्याउने तयारी गरेको छ। जसमा नयाँ ब्रोकर लाइसेन्सदेखि नयाँ स्टक कम्पनी ल्याउन अध्ययन गरिने कार्यक्रमसमेत नीतिमा समावेश गर्ने तयारी बोर्डले गरेको छु। 

पुँजी बजारको नियामक निकाय सेबोनले सेयर बजारको दायरा फराकिलो बनाउने उद्देश्यसहित चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको छ।  बोर्डले विशेषगरी नयाँ ब्रोकर लाइसेन्स वितरण तथा ब्रोकर कम्पनीमार्फत मार्जिन लेण्डिङको सुविधा प्रदानलाई विशेष जोड दिने तयारी गरेको छ। 

यसअघि धितोपत्र बोर्डले पुँजी वृद्धिसहित नयाँ ब्रोकर कम्पनीको लाइसेन्स वितरण गर्नेगरी ‘धितोपत्र व्यवसायी, धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्मातासम्बन्धी नियमावली, २०६४ संशोधन गरि अर्थ मन्त्रालयमा पेश गरिसकेको छ। बोर्डले नयाँ ब्रोकर लाइसेन्स थप गर्नेगरी नियमावलीले संशोधनको प्रस्ताव अर्थ मन्त्रानलयमा पेश गरेको छ।

बिहीबार आउने नीति तथा कार्यक्रमले नयाँ ब्रोकर लाइसेन्सलाई उच्च प्राथमिकता दिने गरी कार्यक्रम सार्वनजनिक गर्न लागिएको बोर्ड स्रोतले जानकारी दिएको छ। बोर्डले ब्रोकरलाई प्रतिस्पर्धी र सोही अनुरुपको क्षमता पनि नभएको निष्कर्षसहित बोर्डले पुँजी वृद्धिसहित नयाँ ब्रोकरको लाइसेन्स खुला गर्न लागेको हो। 

बोर्डले ब्रोकर कम्पनीमार्फत मार्जिन लेण्डिङ प्रदानलाई पनि उच्च प्राथमिकता दिने भएको छ। यसअघि बोर्डका अध्यक्ष रमेशकुमार हमालले सेयर बजारलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले ल्याएको सेयर धितो कर्जाको ४ करोड र १२ करोड रुपैयाँको सीमा हटाउन पहल गर्ने बताएका थिए। तर नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै बोर्डले मार्जिन लेण्डिङको सुविधा प्रदान गरेसँगै उक्त सीमा हटाउने बताएसँगै बोर्डले आफ्नो नीति तथा कार्यक्रममा उक्त विषयलाई प्राथमिकता दिने भएको हो। 

धितोपत्र बोर्डले ब्रोकर कम्पनीहरुको पुँजी वृद्धिसमेत गर्ने गरी नीति कार्यक्रमा समावेश गर्न लागेको छ। बजारसम्बन्धी वित्तीय साक्षरता कार्यक्रमलाई समेत उच्च प्राथमिकता दिने भएको छ। पछिल्लो समय लगानीकर्ताहरु स्वविवेकले भन्दा पनि अरुले भनेको भरमा सेयर खरिदबिक्री गर्दा फस्ने क्रम बढेको निष्कर्षसहित बोर्डले सो सम्बन्धी साक्षरता कार्यक्रमलाई अघि बढाउने भएको छ। 

बैंकको मर्जरको सम्झौता भएपछिको कारोबार फुकुवा गराउनेसमेत नीति मार्फत घोषणा गरिको छ। वैदेशिक रोजगारमा गएका नेपालीलाई साधारण सेयरमा १० प्रतिशतको कोटा छुट्याउने व्यवस्था कार्यान्वयन गर्ने समेत नीतिमा आउने छ। त्यस्तैगरी गैरआवासीय नेपालीहरूलाई दोस्रो बजारमा लगानीको अवसर दिने समेत नीति तथा बुक विल्डिङमार्फत चुस्त ढंगले ठूला कम्पनीमा जनतालाई लगानीको नीतिमा समावेश हुनेछ। 

मार्केट कर्नरिङको विषयमा धितोपत्रबोर्डले लाइभ नै हेरेर नयाँ संरचना बनाएर नियमन गर्ने नीतिमा समावेश हुनेछ। धितोपत्र बोर्डको वेयर हाउस, ब्रोकर र सेटलमेन्ट सम्बन्धी नियमावली बनाउने घोषणसमेत नीतिमा समावेश हुनेछ। 


प्रकाशित : बिहीबार , साउन १२ २०७९०१:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend