शनिबार, वैशाख २२ गते २०८१    
images
images

दुई लाखले गरे चितवन निकुञ्जको भ्रमण, ११ करोड राजस्व संकलन

images
images
images
दुई लाखले गरे चितवन निकुञ्जको भ्रमण, ११ करोड राजस्व संकलन

एक वर्षको अवधिमा ७५ हजार २७७ महिला र ८० हजार ३४९ पुरुष (आन्तरिक पर्यटक)ले निकुञ्जको भ्रमण गरेका थिए।

images
images

नवलपुर- आर्थिक वर्ष २०७८/७९ मा झण्डै दुई लाख व्यक्तिले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन्। गत आवमा आन्तरिक र बाह्य गरी एक लाख ९० हजार ४५८ जनाले निकुञ्जको भ्रमण गरेका हुन्। 

images
images
images

निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार गत आवमा एक लाख ५५ हजार ६७१ आन्तरिक तथा १९ हजार ९८९ सार्क मुलुकका र १४ हजार ८०८ विदेशी नागरिकले निकुञ्जको भ्रमण गरेका थिए।

images

एक वर्षको अवधिमा ७५ हजार २७७ महिला र ८० हजार ३४९ पुरुष (आन्तरिक पर्यटक)ले निकुञ्जको भ्रमण गरेका थिए। सार्क मुलुकका नौ हजार १३० महिला र १० हजार ८४९ पुरुष तथा विदेशी ६ हजार ७८० महिला र आठ हजार २८ पुरुषले निकुञ्जको भ्रमण गरेको तिवारीले जानकारी दिए।  

images

गत आवको चैतमा सबैभन्दा बढी पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए। चैतमा २६ हजार २१८ जनाले निकुञ्जको भ्रमण गरेका थिए। चैतमा २० हजार ८६९ नेपाली, दुई हजार २४८ सार्क मुलुकका र तीन हजार १०१ विदेशी नगारिकले निकुञ्जको भ्रमण गरेका थिए। निकुञ्ज नवलपुर, नवलपरासी, चितवन, मकवानपुर र पर्सा जिल्लामा पर्ने भए पनि  जिप सफारीका लागि चितवन र नवलपुरबाट मात्रै स्वीकृति प्रदान गरिएको छ।

images
images

एघार करोड राजस्व संकलन

चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा विभिन्न शीर्षकबाट ११ करोड ४९ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। सूचना अधिकारी तिवारीका अनुसार निकुञ्जले सबैभन्दा बढी राजस्व पर्यापर्यटन शीर्षकबाट प्राप्त गरेको छ। निकुञ्जले पर्यापर्यटन शीर्षकबाट १० करोड २३ लाख ९८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। 

निकुञ्ज प्रवेशवापत प्रतिव्यक्ति नेपालीले १५०, सार्क मुलुकका पर्यटकले एक हजार र विदेशीले दुई हजार रुपैयाँ राजस्व बुझाउने गर्दछन्। गत वर्ष निकुञ्जले पर्यटकबाट सात करोड २९ लाख ४५ हजार, जिप सफारीबाट दुई करोड ७८ लाख ८० हजार तथा डुंगा सफारीबाट १५ लाख ७३ हजार रुपैयाँ राजस्व संकलन गरेको तिवारीले बताए। 

त्यस्तै निकुञ्जले गैरकाष्ठ वन पैदावर (ढुंगा, गिट्टी तथा बालुवा) बिक्रीबाट ६९ लाख ४९ हजार, दण्ड सजायबाट ३२ लाख ११ हजार, काठ र दाउरा बिक्रीबाट सात लाख १७ हजार तथा अन्य शीर्षकबाट १७ लाख २० हजार रुपैयाँ राजस्व संकलन गरेको थियो। रासस

images

प्रकाशित : बुधबार, साउन ११ २०७९०५:४४

प्रतिक्रिया दिनुहोस