काठमाडौं- बुधबार नेपाली बजारमा सुनको मूल्य घट्दा चाँदीको भन बढेको छ। मंगलबार छापावल सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा बुधबार तोलामा २ सय रुपैयाँ घटेर ९४ हजार रुपैयाँ कायम भएको छ।
यता चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँ बढेको छ। बुधबारका लागि चाँदीको मूल्य प्रतितोल ११ सय ५५ रुपैयाँ तोकिएको छ। मंगलबार चाँदी प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।