शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

कोभिडकै बीचमा नेपाल आउने प्रतिस्पर्धामा अन्तर्राष्ट्रिय चेन होटल, के छ आकर्षण?

images
images
images
कोभिडकै बीचमा नेपाल आउने प्रतिस्पर्धामा अन्तर्राष्ट्रिय चेन होटल, के छ आकर्षण?

नेपालको हस्पिटालिटी उद्योगमा अन्तर्राष्ट्रिय चेन होटलले आँखा लगाउन थालेका छन्। अहिले अधिकांश ठूला होटल सञ्चालन गर्न बहुर्राष्ट्रिय ब्रान्ड भित्र्याउने प्रतिस्पर्धा चलिरहेको देखिन्छ। कोभिडकै बीच पनि ठूला ब्रान्ड नेपाल आउने तयारीमै छन्।

images
images

काठमाडौं- नेपालको हस्पिटालिटी उद्योगमा अन्तर्राष्ट्रिय चेन होटलले आँखा लगाउन थालेका छन्। अहिले अधिकांश ठूला होटल सञ्चालन गर्न बहुर्राष्ट्रिय ब्रान्ड भित्र्याउने प्रतिस्पर्धा चलिरहेको देखिन्छ। कोभिडकै बीच पनि ठूला ब्रान्ड नेपाल आउने तयारीमै छन्।

images
images
images

विश्वविख्यात ब्रान्डहरु पनि नेपाल भित्रिसकेका छन्। नेपालमा पर्यटनको राम्रो सम्भावना देखेर विदेशी ब्रान्डले आँखा लगाइरहेको होटल व्यवसायी बताउँछन्। 

images

चौधरी ग्रुप, एनई ग्रुप र समिट ग्रुपले कुपण्डोल हाइटमा निर्माण गर्न लागेकाे पाँचतारे होटलमा विश्वको सबैभन्दा लक्जरीमध्येको एक होटल चेन ‘सेन्ट रिजिस’ आउने भएको छ। अहिलेसम्म नेपालमा यो स्तरको ब्रान्ड आइसकेको छैन। नेपालको नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित विश्वकै लक्जरी ब्रान्ड भित्र्याउन लागेको लगानीकर्ताहरुले बताएका छन्।   

images

निर्माण सम्पन्न भएर सञ्चालनको अन्तिम तयारीमा रहेको गोल्यान ग्रुपको सोल्टिमोडस्थित पाँचतारे होटलमा हायात प्यालेस आइसकेको छ।

images
images
hyaat palace.jpg
डिजाइनमा हायात प्यालेस।

बैंकर पृथ्वीबहादुर पाँडेले ठमेलको छाया सेन्टरमा मेरियटको अलफ्ट ब्रान्ड भित्र्याएका छन्। पाँचतारे अलफ्ट होटल सञ्चालनमा आउनेवित्तिकै कोभिड महामारी सुरु भयो। अहिले यो होटलले मात्र होइन सिंगो ठमेल व्यवसाय उठाउन कोभिडको सामाना गरिरहेको छ। कोभिड मत्थर भएर विदेशी पर्यटक आउने पर्खाइमा अलफ्ट होटल छ।

पछिल्लो समय सबैभन्दा चर्चामा नक्सालको पाँचतारे म्यारियट होटल छ। अहिले सम्भ्रान्त वर्गको मिटिङ, भेटघाटदेखि लञ्च, डिनरका कार्यक्रम म्यारियटमै हुने गर्छ। विदेशबाट आउने हाईलेवलका पाहुना पनि म्यारियटमै बस्ने गरेका छन्। साउदी राजकुमार हिमाल चढ्न आउँदा म्यारियटमै बसे। एमसीसीको टोलि पनि म्यारियटमै बस्यो। भारतबाट खुला या गोप्य भेटघाटमा आउनेहरु म्यारियटमा बसेको चर्चा राजनीतिक वृत्तबाहिर पनि भइरहेकै छ। 

उद्योगी शशिकान्त अग्रवालले सञ्चालनमा ल्याएको म्यारियट होटल धेरैको रोजाईंमा पर्ने गरेको छ। म्यारियटको ब्रान्ड र आतिथ्य सत्कारले पनि धेरैको रोजाइँ म्यारियट हुने गरेको अग्रवाल बताउने गर्छन्। 

mrriet lobby.jpg
म्यारियट होटलको लबी।

उनै शशिकान्तले ठमेलको तीनतारे होटलमा म्यारियटकै फेयरफिल्ड ब्रान्ड ल्याइसकेका छन्। कमलादीमा निर्माण गर्न लागेको होटलमा म्यारियटको मोक्सी ब्रान्ड ल्याउन लागेको उनी सुनाउँछन्। 

यसअघि नै नेपालमा हायात र र्‍याडिसन ब्रान्ड भित्रिसकेका छन्। सोल्टी होटलमा आएको क्राउन प्लाजा भने बाहिरिएको छ। कोभिड मत्थर भएर पर्यटक आवागमन सुरु भएपछि लक्जरी ब्रान्ड ल्याउने तयारीमा सोल्टी व्यवस्थापन लागेको छ।

अर्बपति व्यवसायी एवं प्रतिनिधिसभा सांसद बिनोद चौधरीले मेघौलीको रिसोर्टमा ताज सफारी ब्रान्ड ल्याएका छन्। मेघौली सेराइ ताज सफारीले प्रिमियम मूल्यमा कोठाहरु बिक्री गरिरहेको छ। 

चौधरीकै लगानी रहेको चितवनको भरतपुरस्थित सीजी ल्यान्डमार्कमा रहेको होटल ‘द फर्न’  सञ्चालन भइसकेको छ। ‘द फर्न’ले भारतमा धेरै बजेट होटलहरु व्यवस्थापन गर्दै आइरहेको छ। ‘द फर्न’ चौधरी आफैले जन्माएको होटलको चेन ब्रान्ड हो।

the fern.jpg
द फर्न।

चौधरीले झम्सिखेलको होटलमा ताजकै भिभान्ता ब्रान्डलाई व्यवस्थापनको जिम्मेवारी सुम्पिएका छन्। चौधरी ग्रुपको भगिनी कम्पनी सिजी हस्पिटालिटीले नेपाल, भारत, श्रीलंका, माल्दिभ्स, दुबई, चीन, अमेरिकालगायत विश्वका धेरै मुलुकमा डेढ सय हाराहारी होटल सञ्चालन गर्दै आइरहेको छ।

सबै सफल हुँदैनन्

नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय होटल चेन सोल्टी होटल हो। सोल्टीले ५० वर्षअघि नै ओभरायको चेन ब्रान्ड ल्याएको थियो। ओभरायले आफ्नो सेयर बिक्री गरेर बाहिरिन खोजेपछि एनई ग्रुपका रविभक्त श्रेष्ठले खरिद गरेका थिए। 

राधेश्याम सर्राफले बौद्धको पाँचतारे होटलमा हायत रिजेन्सी ब्रान्ड भित्र्याएका छन्। त्यो होटलको स्तरोन्नती गरेर ग्रान्ड हायात बनाउने तयारी चलिरहेको छ।

यो बीचमा सेराटन, ले मेरिडियन, ताज, आईटीसी, इन्टरकन्टिनेन्टल लगायत अन्तर्राष्ट्रिय ब्रान्डहरु भित्रिएका थिए, तै पनि सबै सफल भएनन्। व्यवसायी शशिकान्त अग्रवालले नक्सालको होटलमार्फत मेरियटलाई पुनः नेपालमा भित्र्याएका हुन्।

the fern.jpg
ले मेरिडियनको डिजाइन।

अहिले म्यारियट ग्रुपकै तीन वटा ब्रान्ड आइसकेका छन् भने थप ४ वटा ब्रान्ड नेपाल भित्रिने तयारीमा छन्।  

पछिल्लो समय सोल्टी होटलको व्यवस्थापन सम्हालिरहेको क्राउन प्लाजा पनि बाहिरिसकेको छ। बहुराष्ट्रिय हस्पिटालिटी ब्रान्ड इन्टरकन्टिनेन्टल होटेल्स ग्रुप (एआइएचजी)को चर्चित ब्रान्ड क्राउन प्लाजा सोल्टीबाट निस्किए पनि एआइएचजीको होलिडे इन एक्सप्रेस एन्ड सुइट्स ब्रान्ड आउँदैछ।

जापानमा बसेर रेष्टुरेन्ट व्यवसाय सञ्चालन गरिरहेका चिरञ्जीवी थापाले रविभवनमा रहेको नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट (नाथम) परिसरभित्र निर्माण गरिरहेको होटलमा त्यो ब्रान्ड ल्याउन लागिएको हो। यो होटल सन् २०२२ भित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको बताइएको छ। 

नेपाल भित्रिने तयारीमा रहेका ब्रान्डहरू

- व्यवसायी शशिकान्त अग्रवालले कमलादीमा निर्माण गर्न लागेको होटलमा म्यारियट ग्रुपकै मोक्सी ब्रान्ड ल्याउँदैछन्। छिटै निर्माण सुरु गरेर सन् २०२५ भित्र होटल सञ्चालनमा ल्याउने तयारी उनको छ। 

- देशबन्धु बस्नेतले सुकेधारामा बनाइरहेको होटलमा पनि हायात ब्रान्ड आउँदैछ। 

- गैरआवासीय नेपाली शेष घलेको कान्तिपथमा निर्माण गरिरहेको होटलमा पनि म्यारियट ग्रुपकै प्रिमियम ब्रान्डा सेराटन आउँदैछ। करिब १२ अर्ब रुपैयाँ लगानी हुने सेराटन होटल २०२२ भित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। २०७२ को भूकम्पअघि ८ अर्ब रुपैयाँ लगानीमा निर्माण गरिएको सेराटन होटल विविध कारणले निर्माण तथा सञ्चालन अवधि लम्बिँदै जाँदा लगानी पनि बढ्दै गइरहेको बताइन्छ।

sheraton-hotel.jpg
सेराटन होटल।

- व्यवसायिक घराना शंकर समूहले नक्सालमा निर्माण गरिरहेको होटलमा डबल ट्रि बाइ हिल्टन ब्रान्ड आउँदैछ। बीचमा होटल निर्माणमा ढिलाइ गरे पनि पछिल्लो समय होटलको निर्माण कार्य तीब्र गतिमा भइरहेको जगदम्बा हस्पिटालिटीले जनाएको छ। 

- पोखराको पाँचतारे फूलबारी रिसोर्टको व्यवस्थापनमा पनि मेरियट ब्रान्ड ल्याउने तयारी भइरहेको बताइन्छ। 

- कर्मा ग्रुप अफ कम्पनीले महाराजञ्जमा अपार्टमेन्ट सहितको पाँचतारे होटल सञ्चालनमा ल्याउँदैछ। त्यो होटलको व्यवस्थापनमा म्यारियटकै प्रिमियम ब्रान्ड ले मेरिडियन आउने एग्रिमेन्ट भइसकेको छ। यो होटल २०२६ सम्म सञ्चालनमा ल्याइसक्ने ग्रुपका अध्यक्ष लक्ष्य कर्मा तेञ्जिङको छ। सुरुमा अपार्टमेन्ट निर्माण गरी बिक्री गरेर होटलको काम सुरु गर्ने बताइएको छ। होटल र अपार्टमेन्टको डिजाइन तयार भइसकेको छ।

- बिनोद चौधरीका कान्छा भाइ अरुण चौधरीले पुल्चोकमा बनाउँदै गरेको पाँचतारे होटलको व्यवस्थापनमा अन्तर्राष्ट्रिय चेन ब्रान्ड होली डे इन ल्याउँदैछ। यो ब्रान्ड पोखराको एउटा निर्माणाधीन होटलमा पनि आउन लागेको बताइएको छ। 

images

प्रकाशित : शुक्रबार, असोज २२ २०७८०४:२९

प्रतिक्रिया दिनुहोस