काठमाडौं- आयात घटाउने सुझाव दिनका लागि सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलको अध्यक्षतामा अध्ययन समिति गठन गरेको छ।
विश्व व्यापार संगठनको व्यवस्थामै रहेर नेपालले आयात कम गर्नका लागि लिनुपर्ने निर्णयका बारेमा अध्ययन गरी सरकारलाई सुझाव दिनका लागि पौडेलको अध्यक्षतामा उच्चस्तरीय समिति गठन गर्ने निर्णय सरकारले गरेको छ।
पछिल्लो समय बढ्दो आयातका कारणले गर्दा मुलुकको शोधनान्तर घटा चुलिँदै गएको छ।