काठमाडौं- गएको स्थानीय तहको चुनावमा निर्वाचन आयोगले कुल ५ अर्ब ४ करोड ३ लाख रुपैयाँ खर्च गरेको छ।
निर्वाचनका लागि आयोगलाई सरकारले ८ अर्ब ११ करोड रुपैयाँ विनियोजन गर्दै रकम निकासा गरेको थियो। जसमा ५ अर्ब ४ करोड रुपैयाँ मात्रै खर्च भएको आयोगले जनाएको छ।
आयोगले खर्च नभएको ३ अर्ब ६ करोड रुपैयाँ फिर्ता गरेको जनाएको छ। यो खर्च २०७४ सालको स्थानीय तहको निर्वाचनको खर्चभन्दा २ अर्ब कम हो। २०७४ स्थानीयत तहको चुनावमा अयोगले ७ अर्ब १५ करोड रुपैयाँ खर्च गरेको थियो।
स्थानीय तहको चुनाव २०७९ मा निर्वाचन आयोगको सचिवालयले १ अर्ब २ करोड, ७५३ नै स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालयबाट ३ अर्ब ५४ करोड, ७७ जिल्ला निर्वाचन कार्यालयबाट ४१ करोड ३३ लाख, गृह मन्त्रालयबाट ढुवानीका लागि ४ करोड ५ लाख र सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमार्फत १ करोड ४५ लाख रुपैयाँ खर्च भएको आयोग जनाएको छ।