सोमबार, असोज ७ गते २०८१    
images
images

सरकारलाई गगन थापाको प्रश्न- सम्पत्ति शुद्धीकरणको कालोसूचीको जोखिममा परेको हो? 

images
मंगलबार, साउन १० २०७९
images
images
सरकारलाई गगन थापाको प्रश्न- सम्पत्ति शुद्धीकरणको कालोसूचीको जोखिममा परेको हो? 

यदि नेपाल कालोसूचीमा पर्‍यो भने अवसथा भयाभह हुने उनको भनाइ छ। आयातमा आधारित उपभोग भएको देशले एलसी खोल्न नपाउने, अन्तर्राष्ट्रिय वित्तीय कारोबार रोकिने जस्ता गम्भीर अवस्था आउने उनको भनाइ छ। 

images
images

काठमाडौं- प्रतिनिधिसभाका सदस्य तथा नेपाली कांग्रेसका महामन्त्रीले सम्पत्ती शुद्धीकरणका सन्दर्भमा नेपाल सरकारले अन्तर्राष्ट्रिय क्षेत्रमा गरेका प्रतिबद्धतता पूरा गरे नगरेको बारेमा जानकारी गराउन माग गरेका छन्। 

images
images
images

आजको बैठकमा बोल्दै थापाले नेपाल एफएटीएफको कालोसूचीमा पर्ने जोखिम रहेको चिन्ता र चासो व्यक्त भइरहेकाले सरकारले यस बारेमा संसदमा जानकारी गराउन माग गरेका हुन्। 

सम्पत्ति शुद्धीकरणसम्बन्धी विभिन्न कानून, नियमहरू अझै नबनेको र बनेका पनि कार्यान्वयन नभएकाले जोखिम बढ्दै गएको भन्दै नागरिकहरूले सचेत गराइरहेकाले सरकारले यस बारेमा जानकारी गारउनुपर्ने उनको भनाइ छ। 

'फाइनान्सियल एक्सन टास्क फोर्सअन्तर्गत एसिया प्यासिफिक ग्रुपले आगामी अक्टोबर र नोभेम्बरमा मूल्यांकन गर्ने समय रहेको छ। यसमा हामीले कम्प्लायन्स पूरा नगरेको हो भने कालोसूचीमा पर्नसक्छ। यस्तोमा सरकार कति गम्भीर छ? के छ अवस्था? सरकारले तत्काल जानकारी गराउनुपर्छ' उनले भने। 

images

यदि नेपाल कालोसूचीमा पर्‍यो भने अवसथा भयाभह हुने उनको भनाइ छ। आयातमा आधारित उपभोग भएको देशले एलसी खोल्न नपाउने, अन्तर्राष्ट्रिय वित्तीय कारोबार रोकिने जस्ता गम्भीर अवस्था आउने उनको भनाइ छ। 


प्रकाशित : मंगलबार, साउन १० २०७९१०:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend