शनिबार, वैशाख ८ गते २०८१    
images
images

हाइड्रोजन इन्धनको व्यावसायिक सम्भाव्यता अध्ययन गर्दै लगानी बोर्ड

images
images
हाइड्रोजन इन्धनको व्यावसायिक सम्भाव्यता अध्ययन गर्दै लगानी बोर्ड

भविष्यमुखी परियोजनाहरूको अध्ययन गराउनेक्रममा हाइड्रोजन इन्धनलाई पनि अघि बढाइएको बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी दिए।

images
images

काठमाडौं- नेपालमा हाइड्रोजन इन्धनको उत्पादन तथा उपयोगको सम्भाव्यताका बारेमा अध्ययन अनुसन्धान सुरु भएको छ। सरकारी संस्था तथा विश्वविद्यालयहरूले अनुसन्धान अघि बढाएका छन्।

images
images
images

नेपाल आयल निगमले यसका बारेमा काठमाडौं विश्वविद्यालयसँग सहकार्य गरिरहेको छ। विश्वविद्यालयले हाइड्रोजन इन्धनको उत्पादन, भण्डार तथा उपयोगिताका बारेमा प्रारम्भिक अध्ययन सकाइसकेको छ।

images

लामो समयदेखि भविष्यको इन्धनका रुपमा हेरिएको हाइड्रोजन इन्धनको उपयोगिताका बारेमा लगानी बोर्डले पनि अध्ययन सुरु गरेको छ। संसारका कयौं देशमा अध्ययन अनुसन्धान तथा परीक्षण भइरहेको यो इन्धनको व्यावसायिक उपयोगका बारेमा बोर्डले अध्ययन अघि बढाएको छ।

images

भविष्यमुखी परियोजनाहरूको अध्ययन गराउनेक्रममा हाइड्रोजन इन्धनलाई पनि अघि बढाइएको बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी दिए।

images
images

बोर्डले गएको  ६ महिनादेखि  अध्ययन गरिरहेको छ।

हाइड्रोजन इन्धनको उत्पादन लगायतका प्राविधिकभन्दा पनि नेपालमा यसको व्यावसायिक उपयोगिताको कोणबाट बोर्डले अध्ययन गरिरहेको छ।

बोर्डले सम्भाव्यता भएका आयोजनाहरू खोजेर परियोजना बैंकमा राख्दै आएको छ। यसरी बैंकमा भएका आयोजनाहरू देखाएर लगानीकर्ता आकर्षित गर्दै आएको बोर्डले हाइड्रोजन इन्धनलाई पनि समावेश गर्ने भएको छ।

परियोजना बैंकको सूचीमा रहनका लागि भने अध्ययन सकिएर सम्भाव्य देखिनुपर्छ। हाइड्रोजन इन्धनको आर्थिक सम्भाव्यता, उपभोग र त्यसको प्रतिफल हेरेर सम्भाव्यता भए नभएको तय गरिने छ।

कुनै पनि आयोजना सम्भाव्य हो वा होइन भन्ने कुरा स्पष्ट मापदण्ड बनाइएको भट्टले बताए। 'हाम्रो निश्चित मापदण्डअनुसार अरु परियोजना जसरी तय हुन्छन् त्यसैगरी यो पनि हुन्छ' उनले भने।

 बोर्डले हरित पूर्वाधारका लागि पनि परियोजना बनाइरहेको छ। यद्यपि यी सबै अध्ययनकै क्रममा छन्।

'दीर्घकालिन र भविष्यमुखी परियोजनाका लागि हामीले काम गरिरहेका छौं। नेपाललाई पनि भविष्यमा आवश्यक हुने परियोजनाका लागि अहिले नै तयारी गर्नुपर्छ भनेर हामीले केही सुरु गरेका छौं' भट्टले भने।

हाइड्रोजन इन्धनको बहस संसारमै लामो समयदेखि चलिरहेको छ। खनिज इन्धनको भविष्य दिगो नभएको तथा कार्वन उत्सर्जन रहित अर्थतन्त्र बनाउनका लागि नयाँ विकल्पको खोजी भइरहेको छ।

विद्युतीय सवारीदेखि हाइड्रोजन इन्धनसम्मका क्षेत्रमा संसारमा अध्ययन भइरहेका छन्। निरन्तर अनुसन्धान र परीक्षण पनि भइरहेको छ। विद्युतीय सवारीको उपभोक्ता खपतमै आइसकेको छ।

हाइड्रोजन इन्धन सम्बन्धि  बेलायत, जापान, जर्मनी लगायतका ठूला अर्थतन्त्रमै काम भइरहेको छ। खनिज इन्धनबाट नै अर्थतन्त्रलाई सबल बनाएको साउदी अरबले समेत हाइड्रोजन इन्धनका क्षेत्रमा काम गरिरहेको छ।

कार्वन रहित उर्जा भनिएको हाइड्रोजन इन्धनका लागि  चुनौति भने बाँकी छैन। आम खपत तथा उपयोगका लागि अझै पनि सहज विकल्पका बारेमा अनुसन्धान भइरहेको छ।

यसका लागि धेरै स्वच्छ उर्जाको आवश्यकता पर्छ। शौर्य, वायु तथा जल उर्जा चाहिन्छ। जुन यही उर्जाको पर्याप्त उत्पादन अहिले सबैतिर छैन।

उर्जापछिको अर्को चुनौति हो भण्डारण, व्यवस्थापन। यसको भण्डारणका लागि माइनस २५० डिग्रीसम्मको तापक्रम चाहिन्छ। यद्यपि संसारका धेरै देशहरुमा हाइड्रोजन इन्धनका क्षेत्रमा विभिन्न कम्पनीहरुले काम गरिरहेका छन्। निकट भविष्यमै हाइड्रोजन मुख्य इन्धन हुने उनीहरुको विश्वास छ।

हाइड्रोजन इन्धनका क्षेत्रमा अनुसन्धान परीक्षणको काम चलिरहँदा यसको मुख्य खपत हुनेमध्येका यातायातका साधान उत्पादक कम्पनीहरुले सोहीअनुसारका उत्पादनको घोषणा गरिसकेका छन्।

जहाज निर्माता कम्पनी एयरबसले हाइड्रोजनको उपलब्धता हुने मिति निश्चित भएमा अबको सात वर्षभित्र हाइड्रोजनबाट चल्ने जहाज निर्माण गरि डेलिभरी गरिदिने बताएको छ।

images

प्रकाशित : सोमबार, असोज १८ २०७८०१:३०
  • सम्बन्धित विषय:

  • # IBN
  • # HYDROGEN
  • # लगानी बोर्ड


  • प्रतिक्रिया दिनुहोस