शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

निगम कार्यकारी अध्यक्ष अधिकारीलाई सरकारले सोध्यो - बर्खास्त किन नगर्ने, ३ दिनभित्र जवाफ दिनू

images
मंगलबार, साउन १० २०७९
images
निगम कार्यकारी अध्यक्ष अधिकारीलाई सरकारले सोध्यो - बर्खास्त किन नगर्ने, ३ दिनभित्र जवाफ दिनू
images
images

काठमाडौं- नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गर्ने तयारी भइरहँदा 'बर्खास्त किन नगर्ने' भन्दै सरकारले सफाइको अन्तिम मौका दिँदै जवाफ मागेको छ। 

images
images
images

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अधिकारीलाई अन्तिम पटक तीन दिनको समय दिएर 'के कारण तपाईंलाई अध्यक्ष पदबाट बर्खास्त गर्नु नपर्ने हो?' भनेर जवाफ सोधिएको पर्यटन मन्त्रालयका एक सहसचिवले जानकारी दिए।

images
images

मन्त्रालय सचिवको नेतृत्वमा बनेको छानबिन समितिले एक दर्जनभन्दा बढी आरोप लगाउँदै अधिकारीलाई बखास्त गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको थियो। सोही प्रस्तावको आधारमा अधिकारीलाई अन्तिम पटक सफाइको मौका दिने गरी स्पष्टीकरण सोध्ने निर्णय भएको मन्त्रालय स्रोतले बतायो। निर्णयको आधिकारिक पत्र भने आइनसकेको स्रोतको भनाइ छ।

images
images

नेपालबाटै इन्जिनियर र लोडमास्टर लैजाँदा निगमले सातामै गुमायो ३२ लाख नेपालबाटै इन्जिनियर र लोडमास्टर लैजाँदा निगमले सातामै गुमायो ३२ लाख

अधिकारीलाई यसअघि पनि मन्त्रालयका सचिवको नेतृत्वमा छानबीन समिति गठन गरी अध्यक्ष पदबाट निलम्बन गरिएको थियो। तर सर्वोच्चले छानबीनपछि निर्णय गर्ने अधिकार सरकारको क्षेत्रभित्र पर्ने भएपनि छानबीनकै क्रममा निलम्बन गर्नु नपर्ने भन्दै अल्पकालीन अन्तरिम आदेश दिएको थियो।

सचिवको संयोजकत्वमा बनको छानबीन समितिले अधिकारीमाथि व्यवस्थापकीय सिप नभएको, पद अनुसारको आचरण नभएको र आर्थिक हिनामिनामा लागेको आरोपसहित बर्खास्तीका लागि सिफारिस गरेको थियो।

आफूनिकटलाई वरिष्ठ लेखा अधिकृत बनाउन सर्वोच्चको फैसलाविपरीत विनियमावली नै संशोधन आफूनिकटलाई वरिष्ठ लेखा अधिकृत बनाउन सर्वोच्चको फैसलाविपरीत विनियमावली नै संशोधन

निगम अध्यक्ष अधिकारीलाई बर्खास्तीका लागि लगाइएका आरोपहरू

१- कानूनी आधार र औचित्यबिना ट्वीनअटर विमान भाडामा दिएको।

२- निगमको जहाज साउदी अरब सञ्चालन गर्ने प्रयोजनको लागि भ्रमण कार्यमा बिना निर्णय जम्बो टोली सहभागी गराइ निगमलाई ठूलो वित्तीय हानी नोक्सानी पुर्‍याएको।

३- सार्वजनिक प्रतिस्पर्धा नगराइ एउटा संस्थालाई मात्र सहभागी गराएर सिधै टिकट बिक्री गर्ने कार्य गरेको र यसमा कार्यकारी अध्यक्ष आफैं संलग्न भइ व्यक्तिगत फाइदा लिएको देखिएको।

४- निगमका पदाधिकारीहरू र कर्मचारीहरूलाई अनुशासनमा राख्न नसकेको।

५- सञ्चालक समितिको बैठकमा सबै पदाधिकारीहरूलाई समेटी बैठक सञ्चालन गर्न नसकेको।

६- निगमको प्रभावकारिताको लागि रणनीतिक योजना बनाएर कार्यान्वयन गर्न नसकेको।

७- निगमको व्यवस्थापनलाई चुस्त दुरूस्त बनाउन नसकेको।

८- पदअनुसारको आचरण प्रदर्शन गर्न नसकेको।

९- पदीय कर्तव्य पूरा गर्न नसकेको।

१०- कार्य क्षमताको अभाव देखिएको।

११- कार्यकारी अध्यक्षको यस्ता कृयाकलापबाट राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमको अन्तर्राष्ट्रिय ख्यातिमा आँच पुगेको।


प्रकाशित : मंगलबार, साउन १० २०७९०८:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend