बिहीबार , वैशाख २० गते २०८१    
images
images
कार्यकारी अध्यक्ष अधिकारीको लापरबाही

नेपालबाटै इन्जिनियर र लोडमास्टर लैजाँदा निगमले सातामै गुमायो ३२ लाख

images
images
images
नेपालबाटै इन्जिनियर र लोडमास्टर लैजाँदा निगमले सातामै गुमायो ३२ लाख
images
images

काठमाडौं- नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका कारण निगमले सातामा ३२ लाख रुपैयाँभन्दा बढी आम्दानी गुमाउनु परेको छ।

images
images
images

निगम अध्यक्ष अधिकारीले विभिन्न गन्तव्यमा उडान तथा अवतरणका लागि आवश्यक पर्ने इन्जिनियर तथा लोडमास्टरको व्यवस्थापन गर्न सकेका छैनन्। जसका कारण निगमले एक सातामा ३२ लाख रुपैयाँभन्दा बढी आम्दानी गुमाइरहेको निगम अर्थ विभागका एक कर्मचारीले जानकारी दिए।

images

स्रोतका अनुसार भारतको दिल्ली, मुम्बई, बैंग्लोर उडानमा नेपालबाटै इन्जिनियर लैजानु परेको छ भने बैंग्लोर, मुम्बई, नारिता, बैंकक र साउदीको रियाद उडानमा लोडमास्टरसमेत बोकेर उडान गर्नुपरेको छ।

images

भएको सम्झौता कमिसनको लोभमा नवीकरण नगर्ने तथा दिनुपर्ने तालिम दिन नसक्दा अहिले अनावश्यक खर्च बढ्नुका साथै आम्दानीसमेत  गुमाउनु परेको छ।

images
images

भारतको तीन गन्तव्यको उडानमा मात्रै निगमले नेपालबाट इन्जिनियर लैजानु पर्दा १४ लाख ९० हजार रुपैयाँ आम्दानी गुमाएको छ। 

निगमले दिल्ली उडानमा नेपालबाटै इन्जिनियर लैजाँदा टिकटबाट हुने ८ लाख ४० हजार रुपैयाँ आम्दानी गुमाएको छ। दिल्ली उडानमा नेपालबाटै इन्जिनियर लैजाँदा साताको १४ उडानका लागि प्रतिउडान १० हजार रुपैयाँ भत्ता दिदाँसमेत गरी १ लाख ४० हजार रुपैयाँ खर्च गरेको छ। 

निगमले कसरी गुमाउँदै छ आम्दानी?

नेपाल एयरलाइन्सले अहिले भारतको दिल्लीमा दैनिक दुईवटा गरी सातामा १४ उडान गरिरहेको छ। यसैगरी भारतै बैंग्लोरमा सातामा तीनवटा उडान गरिरहेको छ भने मुम्बईमा पनि सातामा तीनवटा उडान गरिरहेको छ।

भारतको तीनवटा गन्तव्यको २० उडानमा निगम व्यवस्थापनले एकजना इन्जिनियर लिएर उडान गरिरहेको छ। एयर इन्डियामार्फत गराइरहेको काम अहिले यहीँबाट इन्जिनियर लैजाँदै काम गर्दा निगमले ठूलो रकममा आम्दानी गुमाउनु परेको हो।

यसबाट निगमलाई सातामा १४ लाख ९० हजार घाटा भएको छ। अहिले दिल्लीको भाडा एकतर्फी ३० र दुईतर्फी ६० हजार रुपैयाँ छ। सोही हिसाबका दैनिक दुई उडानमा इन्जिनियर नेपालबाट लैजाँदा प्रत्येक उडानमा एक इन्जिनियरका लागि सिट लिनु पर्छ। यसरी दैनिक दुई उडानमा दुईवटा दुईतर्फी टिकटमा १ लाख २० हजार रुपैयाँ खर्च हुन्छ। सोही हिसाबमा साताको १४ उडानमा ८ लाख ४० हजार टिकटमा मात्रै खर्च हुन्छ।

यसैगरी इन्जिनियरमा भत्ता प्रतिउडान १० हजारका दरले १ लाख ४० हजार रुपैयाँ खर्च भएको छ। सम्रगमा दिल्ली उडानमा मात्रै इन्जिनियरका लागि निगम व्यवस्थापनले सातामा ९ लाख २० हजार रुपैयाँ खर्च गरिरहेको छ।

यसैगरी निगमले भारतकै बैंग्लोरमा  सातामा तीनवटा उडान गरिरहेको छ। बैंग्लोर उडानमा दुईतर्फी टिकट ७० हजार रुपैयाँ छ। सोहीअनुसार तीन उडानमा तीन सिटका लागि निगमले २ लाख १० हजार रुपैयाँ खर्च गरिरहेको छ।

साथै इन्जिनियरको भत्तामा प्रतिउडान २५ हजार रुपैयाँका दरले ७५ हजार रुपैयाँसमेत गरी बैंग्लोर उडानमा २ लाख ८५ हजार खर्च गरिरहेको छ।

यसैगरी भारतकै मुम्बईमा पनि निगमले सातामा तीनवटा उडान गरिरहेको छ। यो उडानमा पनि निगमले यताबाटै इन्जिनियर लिएर जाने आउने गरेको छ।

अहिले मुम्बईका दुईतर्फी टिकट ७० हजार रुपैयाँ छ। सोही हिसाबमा तीन उडानमा जाने इन्जिनियरका लागि टिकटवापत २ लाख १० हजार र भत्तावापत प्रतिउडान प्रतिइन्जिनियर २५ हजार रुपैयाँका दरले तीन उडानमा ७५ हजार खर्च गरिरहेको छ। सम्रगमा मुम्बई उडानमा इन्जिनियरका लागि सातामै २ लाख ८५ हजार खर्च गर्दै आएको छ। 

भारतको तीनवटा गन्तव्यमा हुने साताको २० उडानमा इन्जिनियर नेपालबाटै लैजाने र ल्याउने गर्दा १४ लाख ९० हजार रुपैयाँ टिकटवापतको आम्दानी गुमाएको छ।

लोडमास्टरमा पनि १७ लाख २० हजार खर्च 

यसैगरी निगमले भारतको बैंग्लोर, मुम्बई, जापानको नारिता, साउदीको रियाद र बैंकक उडानका लागि यतैबाट लोडमास्टर लैजाने गरेको छ।

सोहीअुनसार भारतको बैंग्लोर उडानमा लोडमास्टर लैजाँदा टिकटबाट तीन उडानको प्रतिउडान (दुईतर्फी) ७० हजारका दरले २ लाख १० हजार र लोडमास्टरको भत्तामा प्रतिउडान २५ हजार रुपैयाँका दरले ७५ हजार रुपैयाँ खर्च गरिरहेका छ।

यसैगरी निगमले भारतको मुम्बई उडानमा पनि लोडमास्टर लैजाँदै आएको छ। लोडमास्टर लैजाँदा टिकटबाट तीन उडानको प्रतिउडान (दुईतर्फी) ७० हजारका दरले २ लाख १० हजार र लोडमास्टरको भत्तामा प्रतिउडान २५ हजार रुपैयाँका दरले ७५ हजार रुपैयाँ खर्च गरिरहेका छ।

भारतको मुम्बई र बैंग्लोरमा मात्रै लोडमास्टर लैजाने र ल्याउने काम गर्दा ५ लाख ७० हजार रुपैयाँ आम्दानी गुमाइरहेका छ।

यसैगरी निगमले जापानको नारिता उडानमा समेत नेपालबाटै लोडमास्टर लैजाने गरेको छ। निगमले सातामा नारितामा दुईवटा उडान गरिरहेको छ। नारिता उडानको दुईतर्फी टिकटमात्रै ३ लाख रुपैयाँ छ। यसरी दुई उडानमा लोडमास्टर लैजाँदा ६ लाख आम्दानी गुमाइरहेको छ। साथै भत्तामा समेत दुई उडानमा प्रतिउडान २५ हजार रुपैयाँका दरले ५० हजार रुपैयाँ खर्च गरिरहेको छ।

यसैगरी बैंकक उडानमा समेत निगमले लोडमास्टर नेपालबाटै ल्याउने लैजान गरेको छ। निगमले बैंककका सातामा तीनवटा उडान गरिरहेको छ। बैंककको दुईतर्फी टिकटदर सामान्य अवस्थामा १ लाख रुपैयाँ छ। सोही हिसाबले तीन उडानमा ३ लाख टिकटकै आम्दानी गुमाइरहेको छ। साथै लोडमास्टरका लागि प्रतिउडान २५ हजार रुपैयाँको दरले तीन उडानमा भत्तामै ७५ हजार रुपैयाँ गुमाएको छ। समग्र बैं‌कक उडानमा अहिले ३ लाख ७५ हजार रुपैयाँ अनावश्यक खर्च भइरहेको छ।

यसैगरी साउदीको रियादमा अहिले सातामा एउटा उडान भइरहेका छ। साउदीको उडानमा समेत निगमले लोडमास्टर नेपालबाटै लैजाने गरेको छ। अहिले साउदीको टिकट दुईतर्फी १ लाख रुपैयाँ छ। सोहीअनुसार लोडमास्टर साउदी लैजाँदा टिकटबाट हुने १ लाख आम्दानी र भत्तामा २५ हजार गरी कुल १ लाख २५ हजार गुमाइरहेको छ।

images

प्रकाशित : सोमबार, साउन ९ २०७९०६:४५

प्रतिक्रिया दिनुहोस