शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images
निगममा कार्यकारी अध्यक्ष अधिकारीको मनपरी

आफूनिकटलाई वरिष्ठ लेखा अधिकृत बनाउन सर्वोच्चको फैसलाविपरीत विनियमावली नै संशोधन

images
मंगलबार, साउन १० २०७९
images
आफूनिकटलाई वरिष्ठ लेखा अधिकृत बनाउन सर्वोच्चको फैसलाविपरीत विनियमावली नै संशोधन
images
images

काठमाडौं- नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आफूनिकट कर्मचारीको बढुवा तथा सरुवाका लागि कर्मचारी सेवा सर्त विनियमावली नै संशोधन गराएका छन्। 

images
images
images

सर्वोच्च अदालतले कर्मचारी सेवा सर्त विनियमावली २०७५ को अठ्ठाइसौँ संशोधनलाई नै खारेज गरिसकेको अवस्थामा अधिकारीको जोडबलमा सञ्चालक समितिले पुनः विनियमावली नै संशोधन गरेको हो। अधिकारीले आफू निकट कर्मचारीलाई बढुवा गर्न सर्वोच्च अदालतको मानहानी हुने गरी सरकारबाट स्वीकृत हुनुपर्ने विनियमावली सञ्चालक समितिबाट स्वीकृत गराएका हुन्।

images
images

यसअघि २०७७ सालमा सर्वोच्च अदालतले विनियमावली सरकारबाट नै स्वीकृत गर्नुपर्ने आदेश दिएको थियो। तर अधिकारीले आफू निकट एक कर्मचारीलाई वरिष्ठ लेखा अधिकृत बनाउन पुनः सञ्चालक समितिबाट नै विनियमावली संशोधन गराएको तथ्य फेला परेको छ।

images
images

बरिष्ठ लेखा अधिकृत हुनका लागि लेखाको स्नातक हुनुपर्ने ठाउँमा आफूनिकट कर्मचारीलाई वरिष्ठ लेखा अधिकृत बनाउन प्रसाशनतर्फको स्नातकलाई पनि मान्यता दिनेगरी अधिकारीले विनियमाली संशोधन गराएका हुन्। अधिकारीले विनियमावली संशोधन गरेर आफू निकट कर्मचारीलाई बढुवा गर्दै सरुवासमेत गरेका थिए। तर कर्मचारीकै विरोधपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसम्म उजुरी आएपछि उनले बढुवा तथा सरुवा नै रोकिदिएका थिए।

नेपालबाटै इन्जिनियर र लोडमास्टर लैजाँदा निगमले सातामै गुमायो ३२ लाख नेपालबाटै इन्जिनियर र लोडमास्टर लैजाँदा निगमले सातामै गुमायो ३२ लाख

अधिकारीले एक महिला कर्मचारीका लागि लक्षित गरेर विनियमावली नै संशोधन गरेको तथ्य बिजनेस न्यूजले प्राप्त गरेको छ। वरिष्ठ लेखा अधिकृत बनाउन लागिएकी कर्मचारी र अधिकारीबीच भएका सम्बाद समेत बिजनेस न्युजले प्राप्त गरेको छ। जसमा अधिकारले उनै कर्मचारीका लागि काम गरेर आफूले निगम छाड्ने बताएका छन्। ती कर्मचारीले भने यति असहज अवस्था पार गरिसकेकाले अब चार वर्ष नै जागिर खान अधिकारीलाई सुझाव दिएकी छिन्। 

वरिष्ठ लेखा अधिकृत बनाउन प्रसाशनतर्फको स्नातकलाई पनि मान्यता दिनेगरी विनियमावलीमा परिमार्जन गरिएको विषयलाई 'ठूलो काम'को संज्ञा दिँदै उनले अधिकारीलाई राम्रो काम भएको बताएकी छिन्। 

२०७९ जेठ २४ गते सञ्चालक समितिको सचिवालयबाट भनेर जेठ २३ गते बसेको सञ्चालक समितिको निर्णय भन्दै विनियमावली संशाधेनको विषयमा मानव संशाधन विभागलाई पत्र सर्कुलर भएको छ।

साथै पत्रमा सञ्चालक समितिको निर्णय अंश आदेशअनुसार आवश्यक कार्यार्थ पठाइएको उल्लेख छ। मानव संशाधन विभागलाई पठाइएको पत्रमा 'निगमको प्रसाशन सेवा, लेखा समूहतर्फको पदपूर्तिको लागि योग्यता परिमार्जन गर्ने सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन सम्बन्धमा' भनेर लेखिएको छ।

यस्तो छ पत्रको विवरण

letter.jpg


प्रकाशित : मंगलबार, साउन १० २०७९०७:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend