शुक्रबार, चैत १६ गते २०८०    
images
images

विद्युतीय कारका विषयमा टेस्लाका सीईओ मस्कसँग नजिकिएकैले बाहिरिनु परेको हो फक्सवागनका सीईओ?

images
images
विद्युतीय कारका विषयमा टेस्लाका सीईओ मस्कसँग नजिकिएकैले बाहिरिनु परेको हो फक्सवागनका सीईओ?

फक्सवागनले आफ्ना सीईओ हार्बर्ट डिसलाई विद्युतीय सवारी उत्पादनमै बढी केन्द्रित भएका निकालेको रहेछ भने यसले विद्युतीय कारप्रति उत्साहित विश्वलाई पक्कै झसङ्ग बनाउने छ

images
images

काठमाडौं- गएको शुक्रबार संसारकै दोस्रो ठूलो कार उत्पादक कम्पनी फक्सवागनले आफ्नो प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई हटाउने निर्णय गर्‍यो। कम्पनीले उक्त निर्णय जानीबुझी गरेको भए पनि बाहिर आउँदा एक्कासी गरेको झैं देखियो। 

images
images
images

जर्मन कार उत्पादक कम्पनी फक्सवागनले सीईओ हार्वर्ट डिसले आगामी सेप्टेम्बर १ देखि पद छाड्ने बताएको छ। उनको निस्कासन पछि फक्सवागनको नयाँ सीईओको रुपमा ओलिभर ब्लुमले कार्यभार सम्हाल्ने छन्। हाल ओलिभर फक्सवागन ग्रुपअन्तर्गतकै विलाशी स्पोर्टर्स कार कम्पनी पोस्र्चको सीईओ छन्। 

images

फक्सवागनले डिसलाई सीईओबाट छोडाइनुको कारण भने खुलाएको छैन। डिसले २०१५ मा अर्को जर्मन कार उत्पादक बीएमडब्लू छाडेर फक्सवागनमा काम सुरु गरेका थिए। डिसले फक्सवागनको सीईओको जिम्मेवारी भने २०१८ देखि सम्हालेका थिए। 

images
images

डिसको फक्सवागनबाट बहिरगमन हुनुको मुख्य कारण कम्पनीले चाहिलेभन्दा बढी विद्युतीय करणमा लगानी र समय खर्चिएको बुझाइ फक्सवागन ग्रुप बोर्डको रहेको छ। यसबारेमा विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन्। मुख्य गरि डिस अमेरिकी कार उत्पादन कम्पनी टेस्ला र उक्त कम्पनीका सीईओ एलन मस्कबाट बढी प्रभाविग रहेको बुझाइ भीडब्लू बोर्डको छ। 

एलन मस्क र डिसबीच भएको पटक पटकको भेट र गएको वर्ष मस्कको फक्सवागनको जर्मनीमा रहेको प्लान्ट भिजिटले पनि यो कुरालाई केही हदसम्म पुष्टि गर्छ। यसबारे डिसले केही बताएका छैनन्। फक्सवागन ग्रुपले पनि तत्काल कुनै प्रतिक्रिया जनाएको छैन। 

फक्सवागनले कारको विद्युतीकरण परियोजनामा अर्बौं डलर लगानी गर्दै विद्युतीय कार र ब्याट्री उत्पादन क्षमता विस्तार गर्ने निर्णय डिसले गराएका थिए। जुन निर्णयबाट फक्सवागन ग्रुड सन्तुष्टि नरहेको उनको निस्कासनबाट नै पुष्टि हुन्छ। 

‘युरोपेली कार उद्योगमा फक्सवागन नै विद्युतीकरणमा प्रवेश गर्ने पहिलो कम्पनी हो,’ डिसले २०२१ मार्चमा भनेका थिए, ‘हामीले ६ वर्षअघिदेखि विद्युतीय कार उत्पादनलाई प्राथमिकता दिँदै आएका छौं। जसका कारण अहिले फक्सवागन युरोपेली विद्यूतीय कार बजारको लिडर हो।’ युरोपको विद्युतीय कार बजारमा फक्सवागनको बजार हिस्सा करिब २५ प्रतिशत रहेको छ। 

डिसको लक्ष्य के थियो भने उनी २०२५ भित्र फक्सवागनलाई विश्वको पहिलो ब्याट्रीमा आधारित विद्युतीय कार उत्पादक तथा बिक्री गर्ने कम्पनी बनाउँन चाहन्थे। हाल टेस्ला ब्याट्रीमा आधारित विद्युतीय कार उत्पादनमा विश्वको पहिलो तथा अग्रणी कम्पनी हो। 

टेस्लाबाट चाहिनेभन्दा बढी प्रभावित भएर फक्सवागनलाई धेरै छिटो विद्युतीय करणमा हिँडाएको आरोप भीडब्लू बोर्डले डिस माथि लगाएको हुनसक्ने युरोपेली अनलाइनहरुले लेखेका छन्। डिसले विद्युतीय कार उत्पादन र ब्याट्री उत्पादनमा हतारिएर समयको आवश्यकताभन्दा बढी लगानी गरेको केही बोर्ड सदस्यहरुले बताउँदै आएका थिए। 

संसारका परम्परागत ठूला कार उत्पादकहरुले अझैपनि विद्युतीय कार नै फोसिल फ्युल कारको विकल्प हो भन्ने पूर्णरुपमा स्वीकार गरिसकेका छैनन्। यो मामिलामा अमेरिकी कार उत्पादकहरु भने केही आक्राम देखिएका छन् पछिल्लो समय। अमेरिकामा ट्रम्प शासन छउन्जेल ती कम्पनीहरु पनि निक्कै सुस्त गतिमा विद्युतीय सवारीको विस्तारमा थिए। 

डिसको बहिरगमनलाई विद्युतीय कार उत्पादकहरुले अर्थपूर्ण रुपमा लिएका छन्। यसले ठूला कार उत्पादकहरुलाई पनि हतारिएको हो कि भनेर झकझक्याउने अवस्थामा पुर्‍याएको छ। तर पनि कार उत्पादकहरुले विद्युतीकरण वा त्यसको विकल्पमा ठूलो लगानी गरिनै रहेको छन्।

डिसको बहिरगमनले निम्त्याउने परिस्थिति र उनको बहिरगमनको कारण भने विस्तारै खुल्दै जाने छ। विद्युतीय कार प्रति उत्साहित विश्वलाई डिस विद्युतीय सवारी उत्पादनमै बढी केन्द्रित भएर निकालिएका रहेनछन् भने यसले झसङ्गै पक्कै बनाउने छ। 

images

प्रकाशित : मंगलबार, साउन १० २०७९०४:५१

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ