सोमबार, असोज ७ गते २०८१    
images
images

साउन पहिलो साता ६४ अर्बले घट्यो निक्षेप, ऋण प्रवाह पनि ओरालो लाग्यो 

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन ९ २०७९
images
images
साउन पहिलो साता ६४ अर्बले घट्यो निक्षेप, ऋण प्रवाह पनि ओरालो लाग्यो 

यो बीचमा विदेशी मुद्राको निक्षेप पनि २ अर्बले घटेको छ। 

images
images

काठमाडौं- आर्थिक वर्ष २०७९/८० सुरु भएको पहिलो साता वाणिज्य बैंकहरूको निक्षेप ६४ अर्बले घटेको छ। 

images
images
images

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार साउन १ देखि ६ गतेसम्म बैंकहरूबाट ६४ अर्ब निक्षेप घटेको छ। तथ्यांक अनुसार असार ३२ गतेसम्म ४५ खर्ब ४१ अर्ब निक्षेप थियो जुन साउन ६ गतेसम्म आइपुग्दा ४४ खर्ब ७८ अर्बमा सीमित भउको छ। 

यो बीचमा विदेशी मुद्राको निक्षेप पनि २ अर्बले घटेको छ। 

यो बीचमा ऋण प्रवाह पनि ओरालो लागेको छ। बैंकर्स संघका अनुसार साउन पहिलो साता १० अर्बले ऋण प्रवाह घटेको छ। असार ३२ गतेसम्म ४१ खर्ब ७५ अर्ब रहेको ऋण घटेर ४१ अर्ब ६५ अर्बमा सीमित भएको छ। यो बीचमा विदेशी मुद्रामा हुने ऋण प्रवाह पनि २ अर्ब रुपैयाँले घटेको छ। 

images

 


प्रकाशित : सोमबार, साउन ९ २०७९१०:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend