बुधबार, मंसिर १२ गते २०८१    
images
images

उमेश मानन्धर बने नेपालकै उत्कृष्ट मेकानिक

images
सोमबार, साउन ९ २०७९
images
images
उमेश मानन्धर बने नेपालकै उत्कृष्ट मेकानिक

प्रतियोगिता लिखित र मौखिक दुई चरणमा आयोजना गरिएको थियो। पहिलो चरणमा २०० र दाश्रो चरणमा ३० जना प्रतिस्पर्धीको सहभागीता रहेको थियो। 

images
images

काठमाडौं- सिप्रदी अटोपार्टस् प्रालि र टाटा मोटर्स लिमिटडको आयोजनामा नेपालभरी छरिएर रहेका १२ सयभन्दा बढी मेकानिकहरुको सिप र क्षमताको प्रतिस्पर्धा सम्पन्न भएको छ। उक्त प्रतिस्पर्धामा बनेपाका उमेश मानन्धर प्रथम, बुटवलका अम्बर गुरुङ द्धितीय र काठमाडौंका डेम लामाले तृतीय भएका हुन्। प्रतियोगिता लिखित र मौखिक दुई चरणमा आयोजना गरिएको थियो। पहिलो चरणमा २०० र दाश्रो चरणमा ३० जना प्रतिस्पर्धीको सहभागीता रहेको थियो। 

images
images
images

टाटा मोटर्सका सवारी साधनहरुलाई देशको जुनसुकै स्थानमा जुनसुकै समयमा मर्मतसम्भार सहज रुपमा प्राप्त होस् भन्ने उदेश्यले स्थानीय मेकानिक्सहरुसँग सहकार्यका विभिन्न कार्यहरु अगाडि बढाइएको छ। जसमध्ये टाटा गुरु कार्यक्रम एउटा महत्वपूर्ण कार्यक्रम रहेको छ, र तिनै टाटा गुरुहरुलाई आवश्यक तालिम, ज्ञान र क्षमता अभिवृद्धी गराउदै पनि आएको छ। 

images

बजारमा रहेका टाटा गुरुहरुको क्षमताको परिक्षण गरी आवश्यक सुधार गर्नुपर्ने ठाउँहरुको पहिचान गर्नका निमित्त टाटा गुरुहरुको क्षमताको प्रतिस्पर्धा गर्ने कार्यक्रमकोे नाम गुरुक्षेत्र रहेको सिप्रदी अटोपार्टस् प्रालिका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकी बताउछन्। साथै यस प्रतिस्पर्धाबाट उत्कृष्ट तीन जनालाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पनि पठाइने कुरा उनी बताउछन्।  

images

३०० भन्दा बढी मेकानिक्सहरुको सहभागीता रहेको उक्त कार्यक्रममा अन्य विभिन्न क्षेत्र र विधामा पनि उत्कृष्टता हासिल गर्ने टाटा गुरुहरु पुरस्कृत भएका छन्। चितवनको सेभेन स्टार होटलमा आयोजना गरिएको उक्त कार्यक्रममा सिप्रदी ग्रुप अफ कम्पनिजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले सम्बोधन गरेका थिए।

सबै टाटा गुरुहरुको क्षमता अभिवृद्धिको जिम्मेवारी सिप्रदीले लिने पनि बताएका हुन्। साथै कार्यक्रममा सिप्रदी ग्रुप अफ कम्पनीजका प्रमुख सञ्चालन अधिकृत राजेशप्रसाद गिरीले पनि सम्बोधन गरेका थिए। टाटा मोटर्सका तर्फबाट इन्टरनेशनल विजनेस हेड निलकुमार मिश्रले सम्पूर्ण गुरुहरुलाई अब अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि शुभकामना दिए।  

उक्त कार्यक्रममा सहभागी सम्पूर्ण मेकानिक्सहरुले टाटा मोटर्सले आफूहरुलाई उचित सम्मानका साथ सहकार्यको प्रतिबद्धता गरेकोमा धेरै खुसी रहेको कुरा बताएका छन्। 


प्रकाशित : सोमबार, साउन ९ २०७९१०:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend