सोमबार, असोज ७ गते २०८१    
images
images

चोभार सुक्खा बन्दरगाहलाई अधिकतम प्रयोगमा ल्याउन यस्ता छन् कार्ययोजन  

images
सोमबार, साउन ९ २०७९
images
images
चोभार सुक्खा बन्दरगाहलाई अधिकतम प्रयोगमा ल्याउन यस्ता छन् कार्ययोजन  

बन्दरगाह परिसरमा भएको भौतिक संरचना पूर्णरुपमा सञ्चालन गर्नका लागि विभिन्न उपायहरू ल्याइएको छ।

images
images

काठमाडौं- चोभार सुक्खा बन्दरगाहलाई अधिकतम प्रयोगमा ल्याउन विभिन्न योजना अघि सारिएको छ। बन्दरगाह सञ्चालन गर्ने जिम्मा पाएको नेपाल इन्टरमोडल यातायात समितिले सुक्खा बन्दरगाह पूर्ण क्षमतामा चलाउन विभिन्न योजना ल्याएको हो।

images
images
images

भन्सार प्रयोजनमा मात्रै प्रयोग गर्दा अहिलेको अवस्थामा बन्दरगाह भएको संरचनाअनुसार पूर्ण क्षामतामा चलाउन नसकिने भएकाले नयाँ कार्ययोजना ल्याइएको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए।

बन्दरगाह परिसरमा भएको भौतिक संरचना पूर्णरुपमा सञ्चालन गर्नका लागि विभिन्न उपायहरू ल्याइएको उनले बताए। 'भन्सार प्रयोजनका लागि सबै संरचना प्रयोग नहुने देखिएपछि आन्तरिक प्रयोजनमा प्रयोग गर्न लागिएको हो,' उनले भने, 'बन्दरगाहमा पार्टेसन गरेर प्याकेजिङ गोदाम पार्किङ लगायत विभिन्न प्रयोजनमा प्रयोग गर्न सकिने देखिएको छ।'

यी हुन् चोभार बन्दरगाह पूर्णप्रयोगमा ल्याउने योजना

images
  • भन्सार प्रयोजन का साथै आन्तरिक प्रयोजनमा ल्याइने भएको छ। पूर्वाधारको अधिकतम प्रयोग हुनु पर्छ तेसैले आन्तरिक प्रयोजनमा पनि ल्याउन लागिएको हो।
  • बन्दरगाहलाई दुई भागमा विभाजन गरेर एकतर्फ आन्तरिक र अर्कोतर्फ आयात–निर्यात क्षेत्र बनाउन लागिएको।
  • पूर्वाधार बनिसकेपछि प्रयोगमा ल्याउन पर्छ, हाल बन्दरगाहको बीच भागबाट पर्खाल लगाउने काम भइरहेको छ। 
  • निर्यात प्रबर्धन यसको अर्को मुख्य पक्ष्य हो, यहाँ बाट निर्यात सुरुवात भएको छ अब यसलाई प्रोत्साहन गरिने।
  • जुनसुकै संरचना बन्ने बित्तिकै प्रयोगमा आउन समय लाग्ने भएकाले यसलाई सकारात्मक रूपमा सोच्नु पर्ने। आन्तरिक प्रयोजनमा ल्याउदा संरक्षण पनि हुन्छ, अधिकतम प्रयोग पनि हुन्छ। 
  • निजि क्षेत्रपनि अन्तरिक प्रयोग मा उत्साहित देखिन्छ।
  • अन्तरिक ब्यबस्थापनमा ब्य्बसाही ले पार्किंग र गोदाम को प्रयोग गर्न पाउछन्।
  • न्यूनतम सुल्कामा यो सुबिधा उपलब्ध हुन्छ, यस बिषयमा सम्बन्धित निजि क्षेत्र, यातयात ब्यबसाहि संग छलफल भयको।
  • यस बिषयमा हामी सम्बन्धित पलिकहरु संग पनि छलफल गर्छु, आज माल बाहक सबारी सडक मा पार्किंग गरेका हुन्छन तिनका पनि ब्यबस्थापन हुन्छ, दुर्घटना पनी काम गर्न मद्धत गर्छ
  • बन्दरगाह पूर्ण रूपमा सञ्चालनमा आएपछि भने अन्तरिक ब्यबस्थापन हट्नेछ। 
  • गत चैत अन्तिम सातादेखि बन्दरगाह सञ्चालनमा आएको हो। सञ्चालनमा आएदेखि हालसम्म १६ वटा ट्रक बन्दरगाहमा भित्रिएको छ भने, एक ट्रक सामान निर्यात भएको छ। 
  • काठमाडौं-तराई फास्ट ट्रयाक पूरा नभएसम्म बन्दरगाह पूर्ण क्षमतामा चल्ने सम्भावना कम छ। बन्दरगाह सञ्चालनका लागि फास्ट ट्रयाकको निर्माण महत्वपूर्ण। फास्ट ट्रयाक निर्माण सम्पन्न भए तीनदेखि चार घण्टामा वीरगन्जबाट काठमाडौं कन्टेनर आउन सक्छन्।


प्रकाशित : सोमबार, साउन ९ २०७९११:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend