शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

१२३ अर्ब डलरको फ्रान्सेली तेल कम्पनी जो ब्याट्री बनाउन तम्सियो

images
बिजनेस न्युज
images
images
१२३ अर्ब डलरको फ्रान्सेली तेल कम्पनी जो ब्याट्री बनाउन तम्सियो

अमेरिकी तथा युरोपेली सडकमा देखिने करिब ६० करोड कार, ट्रक, मोटरसाइकल तथा बस मध्ये करिब १ करोड सवारीमात्र विद्युतीय छन्। यो तथ्यांक २०२० को अन्त्यसम्मको हो। 

images
images

काठमाडौं- विश्वभर विद्युतीय कारको बहस र चर्चामात्र होइन बिक्री समेत बढ्न थालेको छ। यो बहस र बिक्री तथ्यांकले विगतमा कम्पस्चन इन्जिन निर्मातामात्र नभइ यससँग सम्बन्धित सामाग्री उत्पादकसम्मले आफूलाई बदल्नु पर्ने अवस्था आएको छ। 

images
images
images

यसको परिणाम स्वरुप ठूला इन्धन कम्पनीहरु विद्युतीय सवारीमा प्रयोग हुने ब्याट्री उत्पादनमा लाग्ने निर्णयमा पुग्न थालेका छन्। 

images

अमेरिकी तथा युरोपेली सडकमा देखिने करिब ६० करोड कार, ट्रक, मोटरसाइकल तथा बस मध्ये करिब १ करोड सवारीमात्र विद्युतीय छन्। यो तथ्यांक २०२० को अन्त्यसम्मको हो। 

images

यो तथ्यांकले अहिले पनि सडकमा डिजेल/पेट्रोलबाटै चल्ने सवारीको बर्चस्व रहेको देखाउँछ। तर पछिल्लो समय ठूला इन्धन उत्पादक कम्पनीले अबको समय विद्युतीय सवारीकै हो भन्ने दबाब महशुस गर्न थालिसकेका छन्। 

images
images

त्यस्तै दबाब महशुस गरेर ब्याट्री उत्पादनको निर्णय गर्ने एउटा कम्पनी हो टोटलइनर्जीज। यो कम्पनी फ्रान्सको ठूलो मध्येको एक इन्धन व्यापार गर्ने कम्पनी हो। 

यो कम्पनीले दुई ठूला कार उत्पादकसँग ब्याट्री उत्पादन गरि आपूर्ति गर्ने सम्झौता गरिसकेको छ। फ्रान्सेली इन्धन उत्पादक कम्पनी टोटलइनर्जीजले क्राइसलर र डिमलर लक्जिरी डिभिजनसँग गएको साता सम्झौता गरेको हो।

डिमलर लक्जिरी डिभिजन जर्मन कार उत्पादक ग्रुप डिमलर एजीको सहायक संस्था हो। 

टोटलइनर्जीजले साझेदारीमा ब्याट्री उत्पादनलाई तिब्रता दिने जनाएको छ। उसले साझेदारी गरेको कम्पनी अटोमोटिभ सेल कम्पनी हो जसले २०३० सम्ममा वार्षिक १ सय २० गिगाहर्ज आवर ब्याट्री उत्पादन गर्ने लक्ष्य राखेको छ। यो भनेको २० लाख कारलाई पुग्ने ब्याट्री हो। 

कम्पपनीले लिएको नियाँ निर्णय इलेक्ट्रिक मोबिलिटीका क्षेत्रमा नयाँ आयम हुने टोटलइनर्जीजका अध्यक्ष तथा सीईओ प्याट्रिक प्योनीले बताएको ब्यारोन्स डटकमले लेखेको छ। 

गएको जुनमा टोटलले आफ्ना नाम परिवर्तन गरेर टोटल इनर्जीज राखेको हो। टोटल कम्पनीको बजार पूँजीकरण १ सय २३ अर्ब अमेरिकी डलर थियो। सो कम्पनीले नाम परिवर्तनसँगै फोसिल-फ्युल (डिजेल/पेट्रोल) व्यापारबाट इलेक्ट्रिक सवारीको ब्याट्रीमा रुपान्तरण हुने निर्णय लिएको हो।  

विश्वका ठूला सवारी उत्पाकहरुले ब्याट्रीको सुनिश्चितताका लागि ब्यापक छलफल र सम्झौतालाई तिब्रता दिएका छन्। अमेरिकी कार उत्पादक जनरल मोटर्स (जीएम)ले २०२१ को सुरुवात तिर ब्याट्री उत्पादनको सम्झौता गरेको थियो।

त्यसैगरि फोर्ड र एसके इन्नोभेसनबीच पनि ब्याट्री बनाउने सम्झौता भइसकेको छ। फक्सवागन, टोयोटा मोटर तथा टेस्लाले पनि आफैं उत्पादन गर्ने तथा अन्य ब्याट्री उत्पादक कम्पनीसँग ब्याट्री आपूर्तीका लागि सम्झौता र छलफल गरिरहेका छन्।  

२०३० सम्म ठूला सवारी उत्पादक तथा ब्याट्री उत्पादकहरुले १०औं अर्ब अमेरिकी डलर ब्याट्री उत्पादनमा लगानी गर्ने छन्। उक्त समयसम्म विश्वभर वार्षिक १०औं लाख इलेक्ट्रिक सवारी उत्पादन हुनेछन्। 

images

प्रकाशित : बिहीबार , असोज १४ २०७८०२:४५
  • सम्बन्धित विषय:

  • # टोटलइनर्जीज्
  • प्रतिक्रिया दिनुहोस