शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

भैरहवाको बुद्ध स्टार होटलले ५० करोड लगानी थप्दै

images
सोमबार, साउन ९ २०७९
images
भैरहवाको बुद्ध स्टार होटलले ५० करोड लगानी थप्दै
images
images

काठमाडौं- लुम्बिनी प्रदेश रुपन्देही भैरहवामा निर्माणधिन बुद्ध स्टार होटलले लगानी विस्तार गर्ने भएको छ।

images
images
images

होटलले लगानी विस्तारका लागि वातावरणीय प्रभाव मूल्यांकन तयार पारेको छ। तयार वातावरणीय प्रभाव मूल्यांकन वन तथा वातावरण मन्त्रालयले राय सुझावका लागि सार्वजनिक समेत गरेको छ।

images
images

२०७७ असोजमा ५० कोठामा ८१ बेड रुपमा सहितको होटल बनाउने गरी वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट स्वीकृत गरेको थियो। अहिले होटलले पुन: लगानी विस्तार गर्दै होटलमा संरचना नै थप्नका लागि भन्दै पुन: वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट तयार पारेको छ।

images
images

५० कोठाको होटलमा थप ७५ कोठा थपिने छ। लगानी विस्तार गर्दै संरचना थपपछि होटलमा कुल १२५ कोठा २ सय रुम हुने छ। होटलको विस्तारमा ५० करोड लगानी थप हुने अनुमान रिपोर्टमा उल्लेख छ।

होटल भवनको उचाइ २५ मिटरको हुने छ। १ कठ्ठा जग्गाको कुल ५१ प्रतिशत हरियाली र खुला क्षेत्र हुने रिपोर्टमा उल्लेख छ। होटलको भवन ६ तलाको हुनेछ।


प्रकाशित : सोमबार, साउन ९ २०७९१०:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend