सोमबार, असोज ७ गते २०८१    
images
images

१९ खर्ब २० अर्बको आयात, व्यापार घाटा १७ खर्ब २० अर्ब पुग्यो

२ खर्बको निर्यात 

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन ९ २०७९
images
images
१९ खर्ब २० अर्बको आयात, व्यापार घाटा १७ खर्ब २० अर्ब पुग्यो

निर्यात भने ४१ प्रतिशतले बढेर २ अर्ब पुगेको छ। अघिल्लो वर्ष १ खर्ब ४१ अर्बको निर्यात भएकोमा गएको वर्ष २ अर्ब ३ करोड रुपैयाँको वस्तु निर्यात भएको छ। 

images
images

काठमाडौं- आर्थिक वर्ष २०७८/७९ मा १९ खर्ब २० अर्ब ४४ करोड रुपैयाँको वस्तु आयात भएको छ। अघिल्लो वर्षको तुलनामा आयातमा २४ प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष २०७७/७८ मा १५ खर्ब ३९ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो। 

images
images
images

निर्यात भने ४१ प्रतिशतले बढेर २ अर्ब पुगेको छ। अघिल्लो वर्ष १ खर्ब ४१ अर्बको निर्यात भएकोमा गएको वर्ष २ अर्ब ३ करोड रुपैयाँको वस्तु निर्यात भएको छ। 

गएको वर्ष व्यापार घाटा २३ प्रतिशतले बढेको छ। भन्सार विभागको तथ्यांक अनुसार १७ खर्ब २० अर्ब ४१ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको छ। अघिल्लो वर्ष १३ खर्ब ९८ अर्ब ७१ करोड रुपैयाँको व्यापार घाटा थियो। 

गएको वर्ष कूल वैदेशिक व्यापार २६ प्रतिशतले बढेर २१ खर्ब २० अर्ब ४७ करोड रुपैयाँ बराबरको पुगेको छ। अघिल्लो वर्ष यस्तो आँकडा १६ खर्ब ८० अर्ब रुपैयाँको थियो। 

images

गएको वर्ष सबैभन्दा धेरै आयात पेट्रोलियम पदार्थको भएको छ। भन्सार विभागका अनुसार गत वर्ष ३ खर्ब ८३ अर्ब ९२ करोड रुपैयाँको पेट्रोलियम पदार्थको आयात भएको छ। यस्तो आयातबाट सरकारले कर पनि उल्लेखनीय संकलन गरेको छ। पेट्रोलियमबाट सरकारले १ खर्ब ३१ अर्ब २० करोड रुपैयाँ कर संकलन गरेको छ। 

त्यस्तै दोस्रो आयात हुनेमा फलाम तथा स्टिल रहेको छ। गएको वर्ष नेपालमा १ खर्ब ६१ अर्ब ६६ करोड रुपैयाँको स्टिल आयात भएको छ। 

त्यस्तै धेरै आयात हुने अर्को वस्तु समूह हो मेसिनरी आइटम। गएको वर्ष १ खर्ब ४४ अर्ब रुपैयाँको मेसिनरी आयात भएको छ। 

गत ववर्ष ७४ अर्बको खाद्यन्न आयात भएको छ भने १ खर्ब २० अर्ब रुपैयाँको वनस्पति घ्यू तेल आयात भएको छ। 


प्रकाशित : सोमबार, साउन ९ २०७९०६:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend