काठमाडौं- अन्तर्राष्ट्रिय चेन होटल र्याडिसन काठमाडौं बाहिर पनि सञ्चालनमा आउने भएको छ।
प्रदेश नम्बर एकको राजधानी विराटनगरमा पाँचतारे होटल र्याडिसन विराटनगर सञ्चालन हुने भएको छ। सेञ्चुरी समूहले निर्माण गरेको सहोटल सेञ्चुरियनमा र्याडिसनको फ्रेन्चाइजी सञ्चालनमा आउने भएको हो।
होटल सेञ्चुरियन र र्याडिसिन बीच सम्झौतामा आज हस्ताक्षर हुने भएको छ।
योसँगै काठमाडौं बाहिर पनि अन्तर्राष्ट्रिय चेन होटल सञ्चालनमा आउने भएको हो। नेपालमा अहिले काठमाडौंको लाजिम्पाटमा र्याडिसन होटल सञ्चालित छ।
सेञ्चुरी समूहले यसअघि नै तीन तारे स्तरको होटल विराटनगरमा सञ्चालन गरिरहेको छ। पूर्वराज्यमन्त्री समेत रहेका मोति दुगरको स्वामित्वमा रहेको यो समूहले अहिले नै होटल ह्यारिसन सञ्चालन गरिरहेको छ।