आइतबार, वैशाख ३० गते २०८१    
images
images

८ वर्षपछि सिद्धबाबा सुरुङ मार्गको काम हुँदै, ठेक्का लिने दाउमा चिनियाँ कम्पनी

images
images
images
८ वर्षपछि सिद्धबाबा सुरुङ मार्गको काम हुँदै, ठेक्का लिने दाउमा चिनियाँ कम्पनी

सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा खण्डमा पर्ने सिद्धबाबा सुरुङ मार्ग निर्माणको लागि चालु आर्थिक वर्षभित्रै निर्माण सुरु गर्नेगरी काम भइरहेको आयोजनाले जनाएको छ। 

images
images

काठमाडौं- सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा खण्डमा पर्ने सिद्धबाबा सुरुङ मार्ग निर्माणको लागि चालु आर्थिक वर्षभित्रै निर्माण सुरु गर्नेगरी काम भइरहेको आयोजनाले जनाएको छ। 

images
images
images

निर्माणका लागि आह्वान भएको ग्लोवल टेन्डरमा ९ कम्पनीले आवेदन दिएका छन्। उक्त आवेदन परेपछि कम्पनीहरुसँग डकुमेन्ट मागेर अध्ययन गर्ने काम भइरहेको आयोजना सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख डा. विजय जैसीले जानकारी दिए। आवेदन दिनेमा अधिकांश चिनियाँ कम्पनी रहेका छन्। 

images

‘आवेदन दिएको एक महिना पूरा भएको छ, अबको तीन महिनाभित्र कम्पनी छनोट हुने छ,’ जैसीले भने। कम्पनी छनोट भएपछि ९ महिनाभित्र डिजाइन बनाएर काम सुरु गर्नुपर्ने सर्त राखिएको छ। ‘चालु वर्षभित्र हामी निर्माणमा जाने छौँ, यसको लागि बजेट पनि थप गर्नुपर्ने हुनसक्छ,’ जैसीले भने। सरकारले चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँ छुट्टाएको छ। 

images

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले ५० करोड रुपैयाँ छुट्टाएको भए पनि प्रतिस्थापन विधेयकमार्फत २० करोड रुपैयाँ अर्थमन्त्री जनार्दन शर्माले घटाएका छन्। ठेकेदार कम्पनी छनोट भएमा १० प्रतिशतसम्म मुभिलाइजेसन (पेश्की) खर्च दिने व्यवस्था छ। 

images
images

आवेदन दिने अधिकांश चिनियाँ कम्पनी

गत साउन २४ गते अन्तिम दिनभित्र चाइना स्ट्रेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन लिमिटेड (बेइजिङ), चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड (वुहान सिटी), चाइना फष्ट हाइवे इन्जिनियरिङ कर्पोरेशन लिमिटेड (बेइजिङ) ले संयुक्त उपक्रम (जेभी) ले आवेदन दिएको छ। 
चिनियाँ कम्पनी जेडआईसीजीले नेपाली शर्मा एण्ड कम्पनीसँग जेभी बनाएर आवेदन दिएको छ। एसीसीई चिनियाँ कम्पनीले नेपाली कम्पनी अनक कन्स्ट्रक्सनसंग जेभी बनाएर आवेदन दिएको छ। जसमा अनक कन्स्ट्रक्सन लिड कम्पनी रहेको छ।

सिनो हाइड्रो कर्पोरेशन लिमिटेड / पावर चाइना नर्थ वेष्ट इन्जिनियरिङ कर्पोरेशन लिमिटेड र पावर चाइना  रोड ब्रिज ग्रुप कर्पोरेशन लिमिटेड (बेइजिङ)ले आवेदन दिएको छ। 

चाइना सिभिल इन्जिनियरिङ  कन्स्ट्रक्सन  कर्पोरेशन/ चाइना रेलवे १४औँ ब्युरो ग्रुप कम्पनी लिमिटेड र चाइना रेलवे सियुआन सर्भे एण्ड डिजाइन ग्रुप कम्पनी लिमिटेड (बेइजिङ)ले पनि तीनवटा  चिनियाँ कम्पनी मिलेर आवेदन दिएका छन्। 

चाइना ओभरसिज  इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड/ चाइना रेलवे २ नम्बर इन्जिनियरिङ ग्रुप कर्पोरेशन लिमिटेड (बेइजिङ) दुई चिनियाँ कम्पनीको जेभी बनाएर आवेदन दिएका छन्। 

केएमसी/भीसीएपीएल जेभीले पनि आवेदन दिएको छ। केएमसी भारतीय कम्पनी हो भने भीसीपीएल ( भ्याली कन्स्ट्रक्सन प्राइभेट लिमिटेड) नेपाली कम्पनी हो।  

चर्चा सुरु भएको ८ वर्षपछि बल्ल गति 
विगत ८ वर्षदेखि चर्चामै सीमित रहेको सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्डमा पर्ने सिद्धबाबा सुरुङमार्गको निर्माणको काममा बल्ल गति लिने संकेत गरेको छ। ५ वर्षभित्र निर्माण गर्ने लक्ष्यअनुसार काम अगाडि बढेको जैसी बताउँछन्।  

सरकारले स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कर्पोरेशन (एसडीसी) को आर्थिक र प्राविधिक सहयोगमा एक वर्ष लगाएर सुरुङमार्गको वेसलाइन सर्भे गराएको हो। सोही आधारमा ठेक्का प्रक्रिया अघि बढाइएको छ।

सुरुङमार्ग बनाउने योजना आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा घोषणा गरिएको थियो। त्यति बेला सुरुङमार्ग सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँचवर्षे रणनीतिसमेत बनाएको थियो। 

नीतिको ३ वर्षपछि बल्ल सुरुङमार्ग बनाउन विभागले टेण्डर निकालेर काम अगाडि बढाउन खोजेको हो। 

सामान्यतया सडक/राजमार्गको दूरी घटाउन सुरुङमार्ग बनाउने गरिन्छ। तर, यस सडकखण्डमा भने दूरी घटाउने भन्दा पनि वर्षेनि पहिरोबाट हुने जनधनको क्षति रोक्ने उद्देश्यले बनाउन लागिएको हो। इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपीसी) निर्माण हुन लागेको सुरुङ मार्ग तोकिएकै समयमा सम्पन्न हुने दावी उनको छ। 

अर्थ मन्त्रालयले १० अर्ब १५ करोडको सीमा दिएकाले त्यहीभित्र रहेर ठेक्का दिने समेत जैसीले बताए। सुरुङमार्गमा चिडिया खोला आयोजना क्षेत्र रहे पनि सुरुङमार्ग भने माथिल्लो सिद्धबाबाबाट सुरु हुनेछ। 

चिडिया खोलादेखि माथिल्लो सिद्धबाबासम्म ९०० मिटर सडकलाई दुई लेनमा स्तरोन्नति गरिनेछ भने सुरुङमार्गको अर्को भागको ५०० मिटरलाई पनि दुई लेनमा स्तरोन्नति गरिने जैसीले बताए। सुरुङमार्गको दूरी भने १ हजार १ सय २६ मिटर लामो हुनेछ। यसैगरी आयोजनामा सुरुङमार्ग नपुग्ने स्थान अर्थात् ढुंगा झर्न नदिन रक फल प्रविधिको प्रयोग गरिनेछ। 

images

प्रकाशित : बुधबार, असोज १३ २०७८१२:४७
  • सम्बन्धित विषय:

  • # सुरुङ मार्ग
  • # सडक


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend