शनिबार, असार १४ गते २०८२    
शनिबार, असार १४ २०८२
images
images

औद्योगिक क्षेत्रमा बढेको भाडामा पुनर्विचार गर्न तयार छौँ : उद्योगमन्त्री 

images
आइतबार, साउन ८ २०७९
images
images
औद्योगिक क्षेत्रमा बढेको भाडामा पुनर्विचार गर्न तयार छौँ : उद्योगमन्त्री 

मन्त्री बडूले थला परेका उद्योगलाई भाडा बढाएर मारमा पार्ने कुनै नियत नरहेको बताए।

images
images

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले औद्योगिक क्षेत्रमा बढेको भाडाका बारेमा पुनर्विचार गर्न सरकार तयार रहेको बताएका छन्।

images
images

 नेपाल उद्योग परिसंघको  १९ औँ साधारणसभामा बोल्दै उनले थला परेका उद्योगलाई भाडा बढाएर मारमा पार्ने कुनै नियत नरहेको बताए।

images
images

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले २०७९ साउन १ गतेबाट लागू हुनेगरी सात गुणासम्म जग्गा भाडा वृद्धि गरेको थियो। 

images
images
images

यस्तो निर्णयबाट औद्योगिक उत्पादन घट्ने र अन्तत: रोजगारीसम्म प्रभावित हुने भन्दै उद्योगी व्यवसायीले विरोध गरेका थिए।

सरकारले उत्पादन तथा रोजगारी बढाउनका लागि धेरै काम गरिरहेकाले बढेको भाडा अस्वभाविक भएको भए थप छलफल गर्न तयार रहेको मन्त्री बडूले बताए।


प्रकाशित : आइतबार, साउन ८ २०७९१२:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend