शनिबार, असार १४ गते २०८२    
शनिबार, असार १४ २०८२
images
images

रासायनिक मल र पेट्रोलियम पदार्थको व्यापारमा सरकारी एकाधिकारले प्रतिफल दिएन : विनोद चौधरी

images
आइतबार, साउन ८ २०७९
images
images
रासायनिक मल र पेट्रोलियम पदार्थको व्यापारमा सरकारी एकाधिकारले प्रतिफल दिएन : विनोद चौधरी

'पैसा तिरेर पनि पेट्रोल लिन लाइन लाग्नुपर्छ। तर त्यही व्यापार घाटामा जान्छ। न राज्यलाई फाइदा छ न जनतालाई सुविधा। यसबाट के सिक्ने? त्यसैले यसमा विकल्प सोच्नुपर्छ'

images
images

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा सांसद विनोद चौधरीले पेट्रोलियम पदार्थ र रासायनिक मलमा सरकारी एकाधिकार तोड्न माग गरेका छन्। 

images
images

नेपाल उद्योग परिसंघको १९ अ‌ौँ  साधारणसभामा बोल्दै उनले सरकारी एकाधिकारका कारणले गर्दा पेट्रोलियम पदार्थ प्राप्तिमा उपभोक्ताले सास्ती पाएको तर अर्कोतिर सरकारले अर्बौं लगानी गरिरहेको उनले बताए।

images
images

'पैसा तिरेर पनि पेट्रोल लिन लाइन लाग्नुपर्छ। तर त्यही व्यापार घाटामा जान्छ। न राज्यलाई फाइदा छ न जनतालाई सुविधा। यसबाट के सिक्ने? त्यसैले यसमा विकल्प सोच्नुपर्छ' उनले भने। 

images
images
images

त्यस्तै रासायनिक मलको आयातमा सरकारी एकाधिकार हुँदा किसानले समयमै कहिलै मल नपाएको दृष्टान्त चौधरीले पेस गरे।

उद्योगपतिसमेत रहेका चौधरीले उपभोक्तासँग जोडिएका अनुदानले मात्र निर्यात नबढ्ने बताएका छन्। 

नेपालमा निर्यात प्रवर्द्धनका लागि अनुदान दिने व्यवस्था भएपनि त्यसको परिणाम सन्तोषजनक नरहेको उनको भनाइ छ। 

निर्यात गर्नका लागि वस्तुको छनौट तथा उत्पादनको वृद्धि हुनुपर्ने उनको भनाइ छ। लागत न्यूनीकरणका लागि प्रतिस्पर्धी वातावरण हुनुपर्ने उनको भनाइ छ।


प्रकाशित : आइतबार, साउन ८ २०७९१२:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend