शनिबार, असार १४ गते २०८२    
शनिबार, असार १४ २०८२
images
images

अर्थतन्त्रको लय बिग्रिएको प्रधानमन्त्रीको स्वीकारोक्ति, थप बिग्रन नदिन खोजे निजी क्षेत्रको साथ

images
आइतबार, साउन ८ २०७९
images
images
अर्थतन्त्रको लय बिग्रिएको प्रधानमन्त्रीको स्वीकारोक्ति, थप बिग्रन नदिन खोजे निजी क्षेत्रको साथ

अर्थतन्त्रको अहिले बिन्दुबाट थप बिग्रन नदिनका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको उनले बताए।

images
images

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थतन्त्रको हालत राम्रो नरहेको बताएका छन्। 

images
images

नेपाल उद्योग परिसंघको १९ अ‌ौँ साधारणसभालाई सम्बोधन गर्दै देउवाले बढ्दो आयात, धान्न नसक्ने व्यापार घाटा, घट्दो विदेशी मुद्राको सञ्चितिका कारणले अर्थतन्त्रको लय सन्तोषजनक नभएको बताए।

images
images

अर्थतन्त्रको अहिले बिन्दुबाट थप बिग्रन नदिनका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको उनले बताए।

images
images
images

'अर्थतन्त्रको अवस्था सुधार गर्नका लागि सरकारले वित्तीय तथा मौद्रिक नीति परिचालन गरिरहेको छ। तर सरकार एक्लैले मात्र गरेर हुँदैन। निजी क्षेत्रको पनि साथ सहयोग र समुन्वयन चाहिन्छ' देउवाले भने।

विदेशी महँगा वस्तु बिक्री गरेर नाफा कमाउन छाडेर नेपाली उत्पादनमै जोड दिन उद्योगी व्यवसायीलाई आग्रह गरे।

मेक-इन नेपाल र स्किल नेपाल जस्ता कार्यक्रमबाट परिसंघले प्रशंसनीय काम गरेको र अझै सिर्जनशील काम गर्न उनले आग्रह गरे।


प्रकाशित : आइतबार, साउन ८ २०७९१२:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend