सोमबार, असोज ७ गते २०८१    
images
images

संरचना पुनःनिर्माण र किसानलाई क्षतिपूर्ति दिलाउन सांसदको माग

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, साउन ८ २०७९
images
images
संरचना पुनःनिर्माण र किसानलाई क्षतिपूर्ति दिलाउन सांसदको माग

उखु किसानले आफ्नो उत्पादनले बजार पाउने र रोजगारी पाउने आशामा सस्तो मूल्यमा जग्गा बेचेको भए पनि अहिले व्यवसायीले महँगो मूल्यमा बेचिरहेको गुनासो।

images
images

काठमाडौं- सांसदहरुले विगतका वर्षमा वर्षाका कारण क्षति भएका संरचना पुनःनिर्माण गर्न र सोही कारणले बालीमा क्षति पुगेका किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसमक्ष माग गरेका छन्  

images
images
images

प्रतिनिधिसभाको आज बसेको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले संरचना पुनःनिर्माण र निर्माणाधीन संरचना पूरा गर्न सरकारसँग माग गरेका हुन्। सांसद् सीताराम महतोले बेमौसमी वर्षाका समयमा क्षति भए पनि किसानले क्षतिपूर्ति नपाएको बताए। गत वर्ष वर्षाका कारण सडक र पुल क्षति भएकामा पुल अझै बन्न नसकेको उनले औँल्याए।

सांसद् बिमला विश्वकर्माले बेमौसमी वर्षाका कारण बालीनालीमा क्षति भएका नागरिकले क्षतिपूर्ति पाउनुपर्ने र क्यान्सर पीडित तथा मिर्गाैलापीडितले सरकारले गरेको प्रतिबद्धताअनुसारको रकम नपाएको बताइन्।

सांसद हरिराज अधिकारीले चितवनलाई गोरखा जोड्ने पुल पप्पु कम्पनीले अहिलेसम्म आठ दश प्रतिशत मात्रै काम गरेकाले चाँडो सम्पन्न गर्न माग गरे। 

images

सांसद सत्यनारायण खनालले पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डको अवस्था जटिल बन्दै गएको भन्दै त्यसको विषयमा गम्भीर हुन आग्रह गरे।

सांसद शेरबहादुर तामाङले औद्योगिक क्षेत्रको योगदान पाँच प्रतिशतभन्दा कम भएको अवस्थामा निजीकरण गरिएको उद्योगको अवस्थाको विषमया छानबिन गर्न माग गरे। 

सांसद लालबाबु पण्डित निर्वाचनको मिति घोषणा गर्न ढिलाइ गर्नुको कारणबारे सरकारसँग जिज्ञासा राखे।

सांसद विद्या भट्टराईले प्रारम्भिक बालविकास कक्षामा कार्यरत शिक्षक र कर्मचारी बिहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म काम गरे पनि उनीहरुले तोकिएको तलबसमेत नपाएको बताइन्। 

सांसद वृन्दा पाण्डेले विश्वविद्यालय कतै तालाबन्दी कतै प्रश्नपत्र बाहिरनेलगायतका घटना क्रमले गर्दा अस्तव्यस्त भएको शिक्षा क्षेत्र व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याइन्।

सांसद बिनाकुमारी श्रेष्ठले सिद्धार्थ राजमार्गमा राखिएको बुद्धमूर्ति तोडफोड भइरहेकाले गृह प्रशासनले कडा कारबाही गर्नुपर्ने औँल्याइन्। 

सांसद बिनादेवी बुढाथोकीले निर्वाचनको समयमा काम नहुने भएकाले अहिले नै भूमि आयोगले स्थानीय तहले जग्गा जाँच गरेका ठाउँमा पूर्जा वितरण गर्नुपर्नेमा जोड दिइन्।

सांसद् शान्ता चौधरीले कमैया र कमलरीको पुनःस्थापना हुनुपर्ने र यसअघि सरकार र मुक्तकमैया तथा कमलरीसँग भएको सम्झौता पालना हुनुपर्नेमा जोड दिइन्। 

सांसद सरिताकुमारी गिरीले उखु किसानले आफ्नो उत्पादनले बजार पाउने र रोजगारी पाउने आशामा सस्तो मूल्यमा जग्गा बेचेको भए पनि अहिले व्यवसायीले महँगो मूल्यमा बेचिरहेको बताइन्।

सांसद् सञ्जयकुमार गौतम नेपाल भारत वाणिज्य सन्धिअनुसार दुईपक्षीय व्यापारका लागि थप पाँच नाका प्रस्ताव भएकामा बर्दियाको गुलरिया पनि एक रहेकाले सीमा नाका सञ्चालनका सरकारलाई माग गरे। रासस


प्रकाशित : आइतबार, साउन ८ २०७९०९:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend