सोमबार, असोज ७ गते २०८१    
images
images

सल्लाघारीमा रुख ढलेर बस र स्कुटर थिचियो, तीन जनाको मृत्यु, १२ घाइते

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, साउन ८ २०७९
images
images
सल्लाघारीमा रुख ढलेर बस र स्कुटर थिचियो, तीन जनाको मृत्यु, १२ घाइते

काठमाडौंबाट यात्रु बोकेर थिमि हुँदै भक्तपुर दूधपाटीतर्फ जाँदै गरेको बा२ख ३५८४ नं को बस र भक्तपुर दूधपाटीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा६१प ३९६८ नंको स्कुटर थिचिएको

images
images

भक्तपुर- भक्तपुरको सल्लाघारीमा रुख ढलेर बसलाई थिच्दा तीन जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्।

images
images
images

सल्लाघारीमा बाटोमाथिको रुख एक्कासी ढलेर बाटोमा आउँदा सडकमा गुडिरहेको बस र स्कुटरलाई किच्दा उक्त दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुर सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।
 
काठमाडौंबाट यात्रु बोकेर थिमि हुँदै भक्तपुर दूधपाटीतर्फ जाँदै गरेको बा२ख ३५८४ नं को बस र भक्तपुर दूधपाटीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा६१प ३९६८ नंको स्कुटर थिचिएको उनले जानकारी दिए। 
 
बसमा सवार दुई र स्कुटरका एक जनाको घटनास्थलमा मृत्यु भएको उद्धारमा घटिएका प्रत्यक्षयदर्शीले बताएका छन्। बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। अन्य घाइते १२ जनाको भने नजिकै रहेको इवामुरा अस्पताल सल्लाघारी, मध्यपुर अस्पताल थिमि र भक्तपुर अन्तर्राष्ट्रिय अस्पताल कौशलटारमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 
 
प्रहरीले घाइतेको उद्धार गर्ने, घाइतेलाई अस्पताल पुर्‍याउने, सडकबाट रुख पन्छाएर यातायात सञ्चालन गर्नेलगायत काममा लागेको जानकारी दिँदै प्रहरी नायब उपरीक्षक पाण्डेले घाइतेको सङ्ख्या अझै बढ्नसक्ने बताए। मृतक तथा घाइतेको पहिचान भने खुलेको छैन। धेरै वर्ष पुरानो रुख आज दिउँसो १२ बजेपछि चलेको सामान्य हावाले नै ढालेको स्थानीयको भनाइ छ। रासस


प्रकाशित : आइतबार, साउन ८ २०७९०८:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend