शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

सन् २०२३ देखि ०३३ सम्म भ्रमण दशक

'वर्ष तोकेर होइन, पर्यटन प्रवर्द्धनलाई अभियान बनाउने हो'

images
आइतबार, साउन ८ २०७९
images
सन् २०२३ देखि ०३३ सम्म भ्रमण दशक

'दिन र वर्षको रुपमा पर्यटन प्रवर्द्धन गर्नेभन्दा पनि भ्रमण दशकका रुपमा मनाउनुपर्ने अवधारणा हामीले सारेका छौँ'

images
images

काठमाडौं- सरकारले सन् २०२३ देखि २०३३ सम्म भ्रमण दशकका रुपमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ।

images
images
images

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले  पर्यटन प्रवर्द्धनलाई अभियानको रूपमा अघि बढाउनुपर्ने बताउँदै सन् २०२३ देखि २०३३ सम्म भ्रमण दशक सञ्चालन गरिने बताए।

images
images

कोरोना महामारीको मारमा परेको पर्यटनको पुनरुत्थानका लाग कार्ययोजना सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले भ्रमण वर्षको रुपमा उत्सव मनाउनुभन्दा पनि अभियानकै रुपमा अघि बढाउनुपर्ने बताएका हुन्। 

images
images

'दिन र वर्षको रुपमा पर्यटन प्रवर्द्धन गर्नेभन्दा पनि भ्रमण दशकका रुपमा मनाउनुपर्ने अवधारणा हामीले सारेका छौँ' उनले भने।

मन्त्रालयले पर्यटन प्रवर्द्धनका लागि ७३ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ। कार्ययोजनामा एक महिनामा गर्न सकिनेदेखि दीर्घकालसम्मका योजना छन्। 

अधिकांश काम छिटो र छोटो समयमै सम्पन्न हुने खालका रहेको उनले बताए। आगामी दशकलाई भ्रमण दसक घोषणा गरिने उनले जानकारी दिएका छन्।


प्रकाशित : आइतबार, साउन ८ २०७९०६:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend