काठमाडौं- सातोका पहिलो दिन आइतबार सुनको मूल्य बढ्दा चाँदीको भने घटेको छ। आइतबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढ्दा चाँदीको मूल्य भने १० रुपैयाँ घटेको छ।
शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएकोमा आइतबार तोलामा ५ सय रुपैयाँ बढेर ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको हो। आइतबारका लागि चाँदीको मूल्य प्रतितोला ११ सय ५५ रुपैयाँ तोकिएको छ। शुक्रबार चाँदी प्रतितोला ११ सय ६५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।