सोमबार, असोज ७ गते २०८१    
images
images

आईएमई मोटर्सद्वारा विपद् सामूहिक उद्धार भेहिकल हस्तान्तरण 

images
शनिबार, साउन ७ २०७९
images
images
आईएमई मोटर्सद्वारा विपद् सामूहिक उद्धार भेहिकल हस्तान्तरण 

यो अत्याधुनिक भेहिकलमा एकैपटकमा ६ जनालाई अस्पतालको सुविधासहित उद्वार गर्न सकिन्छ। यसमा रहेको उपकरणले यसलाई मिनी अस्पताल नै बनाएको छ। 

images
images

काठमाडौं- आईएमई ग्रुप अन्तर्गतको आईएमई मोटर्स प्रालिले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई विपद् सामूहिक उद्धार भेहिकल हस्तान्तरण गरेको छ।

images
images
images

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालयको संयुक्त आयोजनामा भएको कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अत्याधुनिक ८ वटा भेहिकल गृहमन्त्री बालकृष्ण खाँणलाई हस्तान्तरण गरेका हुन्। 

मन्त्री खाँणले अत्याधुनिक उक्त ८ वटा भेहिकल सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई पुनः हस्तान्तरण गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले नेपालको निजी क्षेत्रबाट भइरहेका प्रयासको स्मरण गर्दै विपद्बाट बच्न विपद् हुनुअघि बाटै आवश्यक उपकरणहरु जुटाउन आवश्यक रहेको बताएका छन्।

कार्यक्रमा आईएमई ग्रुपमा अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको विपद् उद्धार प्रणालीमा यस प्रकारको पहिलो भेहिकल रहेको उल्लेख गर्दै मानिसहरूको जीवन बचाउन, ठूला घटनामा उद्धार गर्न, ठूला दुर्घटनामा हुने जनधनको क्षतिलाई कम गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे। 

images

नेपाल प्राकृतिक र अन्य विपद्को ठूलो जोखिममा रहेको छ। कठीन भौगोलिक अवस्थाको कारणले गर्दा भूकम्प, बाढी र पहिरोको उच्च जोखिममा छ। त्यसैगरी भविष्यमा कोभिड जस्ता ठूला महामारीको सम्भावना पनि उत्तिकै छ। त्यस्तै, सडक, हवाई र निर्माण सम्बन्धी ठूला दुर्घटना हुने सम्भावना पनि रहन्छ नै। त्यसैले जनताको जीवन रक्षाका लागि सधैं तयार रहनु अति आवश्यक छ।

यो अत्याधुनिक भेहिकलमा एकैपटकमा ६ जनालाई अस्पतालको सुविधासहित उद्वार गर्न सकिन्छ। यसमा रहेको उपकरणले यसलाई मिनी अस्पताल नै बनाएको छ। 

यी भेहिकलहरूमा मिनी–अस्पताल प्रकारका उपकरणहरूले सुसज्जित छन्। त्यहाँ जीवन बचाउने आधुनिक उपकरणहरू महत्वपूर्ण हेरचाह सुविधाहरू छन्। यी ठूला एम्बुलेन्समा पोर्टेबल भेन्टिलेटर, बिरामी निगरानी मेसिन, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, अक्सिजन कन्सेन्ट्रेटर, ईसीजी मेसिन, अल्ट्रासाउन्ड मेसिन, सीसीटीभी क्यामेरा छन्।

यस्ता ठूला दुर्घटना र विपद्को समयमा मास क्यारिङ् भेहिकलको अभावमा वर्षेनी हजारौं व्यक्तिहरु अस्पताल पुर्याउदा पुर्याउदै अनाहकमा ज्यान गुमाउने गरेका छन्। यी भेहिकलले यसको न्यूनीकरणमा ठूलो भूमिका निर्वाह विश्वास आईएमई समूहले गरेको छ। 


प्रकाशित : शनिबार, साउन ७ २०७९१३:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend