सोमबार, असोज ७ गते २०८१    
images
images

तातोपानीबाट लक्ष्यको दोबर बढी राजस्व संकलन

images
शनिबार, साउन ७ २०७९
images
images
तातोपानीबाट लक्ष्यको दोबर बढी राजस्व संकलन

उनका अनुसार लक्ष्य एक अर्ब ४६ करोड रहेकामा तीन अर्ब ४२ करोड अर्थात २३३ प्रतिशत राजस्व उठेको हो।

images
images

सिन्धुपाल्चोक- चीनसँगको उत्तरी नाका तातोपानी भन्सारबाट गत आर्थिक वर्षमा तीन अर्ब ४२ करोड राजस्व संकलन भएको छ। यो लक्ष्यभन्दा दोबरभन्दा बढी हो।

images
images
images

कोरोना महामारी, बाढीपहिरो तथा चीनबाट सामग्री आयातमा कमीलगायत विविध समस्याका बाबजुत गत आर्थिक वर्षको असारसम्म दोबरभन्दा बढी राजस्व संकलन भएकोे तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नाराद गौतमले जानकारी दिए।  

उनका अनुसार लक्ष्य एक अर्ब ४६ करोड रहेकामा तीन अर्ब ४२ करोड अर्थात २३३ प्रतिशत राजस्व उठेको हो। सामान आयात, मापदण्डको पालना र व्यवसायीलाई दिइएको प्रशिक्षण लगायतका कारणले सोचेकोभन्दा राम्रो संकलन भएको प्रमुख भन्सार अधिकृत गौतमको भनाइ छ। 

त्यस्तै भन्सारले अवलम्बन गरेको शीघ्र जाँचपासका प्रणाली तथा सेवा प्रवाहमा चुस्त दुरुस्त भएका कारण पनि उपलब्धिको पाटो राम्रो रहेको प्रमुख भन्सार अधिकृत गौतमको तर्क छ। संकलितमध्ये मासिक औसत ३० करोड रहेको छ। अघिल्लो आर्थिक वर्षको लक्ष्य चार अर्ब ५० करोड रहेकामा एक अर्ब दुई करोड उठेको थियो।

images

आगमी वर्ष भने लक्ष्य चार अर्ब ६२ करोड रहेको उनले जानकारी दिए। उनका अनुसार चीनबाट आयात हुने सामग्री बोकेका कन्टेनरहरू आउने क्रम निकै कम छ। मेशिनरी, रोलकपडा तथा स्याउलगायत वस्तु आयात हुने उक्त नाकाबाट दैनिक कहिले चार र कहिले आठसम्म कन्टेनर आउने गरेको उाले बताए।  

प्रमुख भन्सार अधिकृत गौतमका अनुसार अरूको अनुपातमा रोल कपडा बढी आउने गरेको छ। त्यसपछि स्याउ तथा मेशिनरी उपकरणहरू आयात भएको छ। चाडपर्वका ल्याउने सामग्री बढी आउँदा र नाका अलि सहज भएको खण्डमा लक्ष्यमा पुग्न सक्ने सम्भावना रहेको समेत उनले बताए।

सडकको कारणले लोड गरिएका कन्टेनर भ्यानहरू नआएकोभन्दा पनि चीनबाटै आयतमा कमी भएको गौतमको भनाइ छ। सरकारले जोडदार पहल गरेर नाका सहज सञ्चालन हुने वातावरण बनाउनुपर्ने पत्रकार दिनेश दुलाल बताउँछन्। भूकम्पअघि यस नाकाबाट दैनिक डेढ करोडसम्म राजस्व असुली हुँदै आएको थियो। रासस


प्रकाशित : शनिबार, साउन ७ २०७९०७:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend