शनिबार, असार १४ गते २०८२    
शनिबार, असार १४ २०८२
images
images

राष्ट्र बैंकले गर्‍यो घरजग्गा धितोमा पाइने प्रयोजन नखुलेको कर्जामा कडाइ

उपत्यकामा धितोको ३० प्रतिशत र बाहिर ४० प्रतिशत मात्रै पाइने 

images
शुक्रबार, साउन ६ २०७९
images
images
राष्ट्र बैंकले गर्‍यो घरजग्गा धितोमा पाइने प्रयोजन नखुलेको कर्जामा कडाइ

राष्ट्र बैंकले कर्जा प्रवाह गर्दा धितोको सुरक्षा अनुपातलाई थप कसिलो बनाउँदै घरजग्गा धितोमा कडाइ गरेको हो। 

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिमार्फत घरजग्गा धितोमा पाइने कर्जामा कडाइ गरेको छ। राष्ट्र बैंकले कर्जा प्रवाह गर्दा धितोको सुरक्षा अनुपातलाई थप कसिलो बनाउँदै घरजग्गा धितोमा कडाइ गरेको हो। 

images
images

काठमाडौं उपत्यकाभित्र कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कर्जा र सोको धितो सुरक्षणको अनुपात ३० प्रतिशत र उपत्यकाबाहिरको हकमा बढीमा ४० प्रतिशतसम्म कायम गर्नुपर्ने व्यवस्था गरिएको छ।

images
images

बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने ट्रष्ट रिसिट लगायतका आयात कर्जा, व्यक्तिगत अधिविकर्ष कर्जा, जग्गा प्लटिङसम्बन्धी रियल इस्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृतिको कर्जाको जोखिम भारमा पुनरावलोकन गरिने व्यवस्था गत आर्थिक वर्षकै मौद्रिक नीतिले गरेको थियो। त्यसअनुसार ट्रष्ट रिसिट कर्जाको जोखिम भार १२० प्रतिशत, व्यक्तिगत अधिविकर्ष कर्जा, जग्गा प्लटिङसम्बन्धी रियल इस्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृतिको कर्जाको जोखिम भार १५० प्रतिशत कायम थियो। 

images
images
images


प्रकाशित : शुक्रबार, साउन ६ २०७९११:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend