सोमबार, असोज ७ गते २०८१    
images
images

वैदेशिक रोजगारीमा जाँदा विदेशी मुद्रा साट्न बैंक खाता अनिवार्य

images
शुक्रबार, साउन ६ २०७९
images
images
वैदेशिक रोजगारीमा जाँदा विदेशी मुद्रा साट्न बैंक खाता अनिवार्य

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०७९/०८० को मौद्रिक नीति ल्याउँदै यस्तो व्यवस्था गरेको हो। 

images
images

काठमाडौं- वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीहरुले विदेशी मुद्रा सटही सुविधा प्राप्त गर्नअनिवार्य रुपमा बैंक खाता हुनुपर्ने भएको छ। 

images
images
images

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०७९/०८० को मौद्रिक नीति ल्याउँदै यस्तो व्यवस्था गरेको हो। 

साथै विप्रेषण औपचारिक माध्यमबाट स्वदेश भित्र्याएको प्रमाणका आधारमा विभिन्न सेवा तथा सुविधा उपलब्ध हुने व्यवस्था गर्न नेपाल सरकारका सम्बन्धित निकायहरुसँग आवश्यक समन्वय गरिने राष्ट्र बैंकले उल्लेख गरेको छ।

बैंकिङ भुक्तानी उपकरणमा विद्यमान विभिन्न विद्युतीय तथा डिजिटल कार्ड धारकले विदेशी बैंकबाट जारी यस्तै कार्डबाट नेपाली बैंक तथा वित्तीय संस्थाले जारी गरेको कार्डमा विप्रेषण प्राप्त गर्नसक्ने गरी आवश्यक नीतिगत व्यवस्था गरिने पनि राष्ट्र बैंकले जनाएको छ। 

images


प्रकाशित : शुक्रबार, साउन ६ २०७९११:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend