बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३
मौद्रिक नीति ०७९/०८०

विदेशी मुद्राको सञ्चिति ७ महिनाको आयात धान्नेस्तरमा राख्ने लक्ष्य 

आर्थिक वृद्धि र मूल्यवृद्धिको लक्ष्य बजेटअनुसार नै, हासिल गर्न कठीन

शुक्रबार, साउन ६ २०७९
विदेशी मुद्राको सञ्चिति ७ महिनाको आयात धान्नेस्तरमा राख्ने लक्ष्य 

काठमाडौं‐ मौद्रिक नीतिले विदेशी मुद्राको सञ्चिति सात महिनाको वस्तु तथा सेवाको आयात धान्न सक्ने तहमा राख्ने लक्ष्य राखेको छ।

पछिल्ला केही महिनादेखि विदेशी मुद्राको सञ्चितिमा निरन्तर ह्रास आइरहेकोमा मौद्रिक नीतिले सात महिनाको आयात धान्न सकिने तहमा विदेशी विनियम सञ्चिति राख्ने लक्ष्य तय गरेको हो ।

नेपाल जस्तो सानो र आयातमा आधारित खुला अर्थतन्त्र भएको मुलुकले सुविधाजनक स्तरमा विदेशी विनिमय सञ्चिति कायम गर्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ७ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न सक्ने विदेशी विनिमय सञ्चिति कायम राख्ने लक्ष्य तय गरिएको मौद्रिक नीतिमा उल्लेख छ।

जेठ मसान्तसम्म विदेशी विनिमय सञ्चिति अघिल्लो वर्षको असार मसान्तको तुलनामा २ अर्ब ३० करोड अमेरिकी डलरले कमी आई ९ अर्ब ४५ करोड अमेरिकी डलर कायम भएको छ । उक्त सञ्चिति ६.७३ महिनाको वस्तु तथा सेवा आयातका लागि पर्याप्त हुने राष्ट्रबैंकले जनाएको छ।

त्यस्तै, राष्ट्रबैंकले नेपाल सरकारको बजेट वक्तव्यअनुसार नै ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्नेगरी लक्ष्य निर्धारण गरेको छ। अर्कातिर, मुद्रास्फीतिलाई ७ प्रतिशतभित्र कायम राख्ने लक्ष्य लिक्ष्एको छ। ‘माग पक्षबाट मूल्यमा चाप पर्न नदिई लक्षित आर्थिक वृद्धि हासिल गर्न सहयोग पुर्‍याउनु मौद्रिक नीतिको लक्ष्य हुनेछ,’ मौद्रिक नीतिमा उल्लेख छ।

तर, निजी क्षेत्रतर्फ जाने कर्जाको लक्ष्य ६ दशमलव ४ प्रतिशत बिन्दूले घटाएर १२ दशमलव ६ प्रतिशतमा झारिएको छ। त्यस्तै, विस्तृत मुद्राप्रदायको वृद्धिदर पनि ६ प्रतिशतबिन्दूले घटाएर १२ प्रतिशत राखिएको छ। यस्तोमा बजारमा नगद र बैंकको कर्जाको वृद्धि नै कम गरेका कारण आर्थिक वृद्धिको लक्ष्य हासिल हुन भने मुस्किल बनाइएको छ।


प्रकाशित : शुक्रबार, साउन ६ २०७९११:३०
  • सम्बन्धित विषय:

  • # Monetary Policy
  • # Nepal Rastra Bank


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend