सोमबार, असोज ७ गते २०८१    
images
images

ग्लोबल आईएमई बैंकको नाफा २५ प्रतिशतले बढ्यो

images
शुक्रबार, साउन ६ २०७९
images
images
ग्लोबल आईएमई बैंकको नाफा २५ प्रतिशतले बढ्यो

प्रतिसेयर आम्दानी २१.८८ रुपैयाँ रहेको बैंकको प्रति सेयर नेटवर्थ १५६.११ रुपैयाँमा स्थिर रहेको छ। 

images
images

काठमाडौं- आर्थिक वर्ष २०७८/७९ मा ग्लोबल आईएमई बैंकले २५ प्रतिशतले नाफा बढाएको छ। बैंकले अघिल्लो वर्षको तुलनामा नाफा बढाएर ५ अर्ब २० करोड रुपैयाँ कमाएको छ। 

images
images
images

अघिल्लो वर्ष बैंकले ४ अर्ब १६ करोड रुपैयाँ नाफा गरेको थियो। बैंकले  वितरण योग्य नाफा भने ३ अर्ब १९ करोड  छ। 

बैंकको नाफामा वृद्धि भएपनि निक्षेप तथा कर्जामा भने उल्लेख्य प्रगति गर्न सकेको छैन। निक्षेप ३.३७  प्रतिशतले बढाको छ भने ऋण १३.०७ प्रतिशतले बढाएको छ। 

बैंकले २०७८/७९ को अन्त्यसम्म २ खर्ब ७७ अर्ब निक्षेप संकलन गरेको छ भने २ खर्ब ५८ अर्ब ऋण प्रवाह गरेको छ। 

images

बैंकको खराब कर्जा भने १ . २२ प्रतिशत रहेको छ। 

प्रतिसेयर आम्दानी २१.८८ रुपैयाँ रहेको बैंकको प्रति सेयर नेटवर्थ १५६.११ रुपैयाँमा स्थिर रहेको छ। 


प्रकाशित : शुक्रबार, साउन ६ २०७९०६:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend