काठमाडौं- साताको अन्तिम दिन सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढेको छ। बिहीबार ९३ हजार रुपैयाँ प्रतितोला कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबारका लागि तोलामा १ हजार रुपैयाँ बढेर ९४ हजार रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेको छ। शुक्रबारका लागि चाँदीको मूल्य ११ सय ६५ रुपैयाँ तोकिएको छ। बिहीबार चाँदी प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।