आइतबार, वैशाख ३० गते २०८१    
images
images

पोखरामा एटीएम मेसिन फोरेर १५ लाख चोरी

images
बिजनेस न्युज
images
images
पोखरामा एटीएम मेसिन फोरेर १५ लाख चोरी
images
images

पोखरा- पोखरा महानगरपालिका-२६ अर्घोचोकमा रहेको एनएमबी बैंकको एटीएम मेसिन फोडेर गएराति १५ लाख रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ।

images
images
images

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले घटनाको अनुसन्धान भइरहेको र चोरी गर्नेको खोजतलास तीव्र बनाइएको जानकारी दिए। उनले हालसम्म घटनामा संलग्न भएको अभियोगमा कसैलाई पनि पक्राउ नगरिएको बताए।

images

चोरले मेसिन फोडेर नगद लिएपछि पैसा राखिएको बाकस अर्घौंचोकस्थित विचारी चौतारीमा फालेको थियो। बैंकले अघिल्लो दिन एटीएममा १७ लाख राखेकामा दुई लाख रुपैयाँ ग्राहकले निकालेको र बाँकी पैसा चोरी भएको बताइन्छ।

images

पोखरामा केही दिनयता बैंकको एटीएम मेसिन फोरेर रकम चोरी गर्ने घटना बढेका छन् । गत असार ३१ गते राति पोखरा–९ न्यूरोडस्थित महानगरपालिका कार्यालय अगाडि रहेको एनआइसी एशिया बैंकको एटीएम मेसिन फोर्ने एक जनालाई प्रहरीले घटना भएको दुई दिनपछि पक्राउ गरेको थियो। रासस

images
images

images

प्रकाशित : बिहीबार , साउन ५ २०७९०२:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend