शनिबार, वैशाख २२ गते २०८१    
images
images

काठमाडौं-रियादको पहिलो उडानमा निगम अध्यक्ष अधिकारीले फजुलमै खर्चिए १ करोड ६४ लाख

होटलमा ११ लाख, भत्तामा ६ लाख खर्च

images
images
images
काठमाडौं-रियादको पहिलो उडानमा निगम अध्यक्ष अधिकारीले फजुलमै खर्चिए १ करोड ६४ लाख
images
images

काठमाडौं- नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले साउदीको रियादमा बैशाख ९ गतेबाट सिधा उडान सुरु गर्‍यो। साउदीको पहिलो उडानमा निगम व्यवस्थापनले १ करोड ६४ लाख रुपैयाँ खर्च गरेको तथ्य सार्वजनिक भएको छ।

images
images
images

निगमका अध्यक्ष युवराज अधिकारीले तामझामका साथ साउदीको रियाद उडान सुरु गरेका थिए। देशमा डलर सञ्चितिमा कमी आइरहेका बेला निगम अध्यक्ष युवराज अधिकारीले मनपरी जम्बो टोली लैजाँदै साउदी उडान सुरु गरेका थिए।

images

साउदीको पहिलो उडानमा निगमले आफ्नो दायित्वभित्र पर्ने गरी झण्डै ३० जनाभन्दा बढीलाई लगेको थियो। साउदीको उडानमा अधिकारीले विभागीय मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशन विपरित ठूलो खर्च गर्दै जम्बो टोली साउदी लिएर गएका थिए।

images
278972647_141598415074299_4323799139461681050_n.jpg

अधिकारीले तत्कालीन पर्यटनमन्त्री प्रेम आलेलाई समेत वाइपास गरी आफूखुसी नेतादेखि अनावश्यक व्यक्तिहरूलाई भ्रमणमा लगेका थिए। निगम व्यवस्थापनले नै नगद प्रवाहमा समस्या भएको बेला ठूलो खर्च नगर्ने अधिकारीलाई सुझाए पनि उनले सांसद, व्यापारी, आफ्नो कामको प्रचार गर्ने कर्मचारीदेखि पत्रकारसमेतको जम्बो टोली साउदी उडानका लगेका थिए। उक्त विषय विवादमा समेत परेको थियो। 

images
images

जम्बोटोली साउदी लैजाँदा निगमलाई १ करोड ६४ लाख रुपैयाँ भारसमेत थपिएको छ। निगमले साउदी उडानमा लगेकाहरूको भिसा प्रक्रियामा मात्रै १६ लाख १० हजार रुपैयाँ खर्च गरेको विवरण बिजनेस न्युजलाई प्राप्त भएको छ।

यसैगरी जम्बो टोलीलाई खानबस्नमा निगमले १० लाख ७० हजार रुपैयाँ खर्च गरेको छ। भ्रमणमा जानेको भ्रमण भत्तामा समेत निगमले ६ लाख रुपैयाँ खर्च गरेको छ। यसैगरी टिकटको करमा मात्रै निगमले ४ लाख ६३ हजार रुपैयाँ खर्च गरेको विवरण प्राप्त भएको छ।

278570253_141598491740958_2375881851187829574_n.jpg

अर्को रोचक विषय त, उक्त उडानमा ए ३२० जहाज लैजाँदा पनि हुने थियो। जाँदा आउँदा नै ए ३२० जहाजका लागि पनि पुग्ने यात्रु थिएनन्। तर निगमले वाइडबडी जहाज लगेर थय १ करोड २७ लाख २१ हजार रुपैयाँ बढी खर्च गरेको थियो।

यसरी टिकटको मूल्य नजोड्दा पनि निगमले साउदी अरबको रियादमा गरेको पहिलो उडानमा जम्बो टोली लैजाँदै १ करोड ६४ लाख ६४ हजार ५ सय रुपैयाँ खर्च गरेको फेला परेको छ।

सोही विषयलाई लिएर तत्कालीन पर्यटनमन्त्री आलेले निगम कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई स्पष्टीकरणसमेत सोधेका थिए। निगमको आर्थिक हिनामिनामा सक्रिय भएको भन्दै आलेले अधिकारीमाथि छानबीन गर्दै निलम्बन गरेका थिए।

तर अधिकारी अहिले अल्पकालीन अन्तरिम आदेश ल्याउँदै काममा फर्केका छन्। काममा फर्केपछि अधिकारीले आफ्नो विषयमा विरोध गर्ने कर्मचारीलाई सरुवासमेत गरेका थिए। तर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा उजुरी परेपछि अहिलेका पर्यटनमन्त्री जीवनराम श्रेष्ठले सरुवा बढुवासमेत नगर्ने निर्देशन दिएका छन्। अधिकारीले अहिले निगममाथि आर्थिक भार पर्ने गरी काम गरिरहेका छन्।

अधिकारीले नै निगमको टि्वनअटर जहाज निजी कम्पनीलाई कमिसनमा भाडामा दिएका थिए। उक्त विषयमा समेत अहिले पर्यटन मन्त्रालयमा छानबीन भइरहेका छ। अधिकारीकै कारण निगमको बोर्ड बैठकसमेत बस्न सकेको छैन। अधिकारीको विषय अहिले छानबीन भइरहेको  छ। 

images

प्रकाशित : शुक्रबार, साउन ६ २०७९०१:४६

प्रतिक्रिया दिनुहोस