शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

निगमले तीन वर्षपछि तिर्‍यो जहाज खरिदमा लिएको ऋणको किस्ता

images
बिहीबार , साउन ५ २०७९
images
निगमले तीन वर्षपछि तिर्‍यो जहाज खरिदमा लिएको ऋणको किस्ता
images
images

काठमाडौं- नेपाल वायुसेवा निगमले जहाज खरिदका लागि लिएको ऋणको किस्ता तीन वर्षपछि तिरेको छ। एयरलाइन्सले पछिल्लो पटक २०७९ असार ३० गते कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता वापतको १ अर्ब ३५ करोड रुपैयाँ भुक्तानी गरेको हो।

images
images
images

कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकोमा कर्मचारी सञ्चय कोषको हकमा न्यारोवडी जहाज खरिद वापतको ४५ करोड र वाइडबडी जहाज खरिद वापतको ४५ करोड रुपैयाँ गरी जम्मा ९० करोड किस्ता वापतको रकम भुक्तानी गरेको निगमले जनाएको छ।

images
images

त्यसैगरी, नागरिक लगानी कोषको हकमा पनि बाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ता वापतको ४५ करोड रुपैयाँ भुक्तानी गरेको निगमले जनाएको छ।

images
images


प्रकाशित : बिहीबार , साउन ५ २०७९११:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend