सोमबार, असोज ७ गते २०८१    
images
images

यस्तो देखियो बोइङको पहिलो स्वचालित विद्युतीय एयर ट्याक्सी 

images
शुक्रबार, साउन ६ २०७९
images
images
यस्तो देखियो बोइङको पहिलो स्वचालित विद्युतीय एयर ट्याक्सी 

यो एयर ट्याक्सी अमेरिकाकै पहिलो सर्टिफाइट भएको बोइङले दाबी गरेको छ। सन् २०२८ सम्म अन्तिम सर्टिफिकेट लिनेगरी यसको काम अघि बढिरहेको कम्पनीले बताएको छ। 

images
images

काठमाडौं- विज्ञान प्रविधिको क्षेत्रमा अगाडि रहेका राष्ट्र तथा त्यहाँका कम्पनीहरूबीच एउटा नयाँ प्रतिस्पर्धा तीव्र बनेको छ। प्रविधिमा कसले कसलाई उछिन्ने भनेर शक्ति राष्ट्रहरूबीचको प्रतिस्पर्धा कुनै नयाँ होइन। 

images
images
images

पछिल्लो समय यो दौडमा थपिएको कुरा भने धर्तीको होइन आकाशको प्रतिस्पर्धा हो। अन्तरीक्षकै बारेमा तीव्र प्रतिस्पर्धा भइरहेका बेला एयर ट्याक्सीमा अहिले संसारभर अध्ययन अनुसन्धान भइरहेको छ। अमेरिका, युरोपियन युनियन र चीनका बीचमा यस्तो प्रतिस्पर्धा देखिएको छ। 

न  हवाई जहाज न हेलिकप्टर जस्तो तर उड्ने एउटा यन्त्र/उपकरण बनाउनका  लागि अहिले संसारभर २ सयभन्दा बढी परियोजना चलिरहेका छन्। परामर्श संस्था म्याक्निन्सीको प्रतिवेदनअनुसार यस्तो परियोजनामा संसारभर गत वर्ष मात्र ५.१ अर्ब अमेरिकी डलर लगानी भएको थियो। 

संसारका जुनसुकै देशमा यस्ता परियोजना भएपनि कामको एउटा समानता छ। त्यो हो ड्रोनको पुन: एसेम्बलिङ गरेर डिजाइन। हेलिकप्टर जस्तै उडान तथा अवतरण गर्नका लागि साना रोटरहरूको प्रयोग बारे अध्ययन भइरहेका छन्। तर यो आइडिया हेलिकप्टरर भन्दा सस्तो, हरित छ। इलेक्ट्रिक भर्टिकल टेकअफ ल्यान्डिङको यो अवधारणाको डिजाइनमा छोटो दुरीको उडान गर्नसक्ने छ। विशेषगरी सहरी क्षेत्रमा एक ठाउँबाट अर्को ठाउँमा उडेर जानका लागि उपयोगी हुने कुरालाई अहिलेसम्मका अध्ययनले केन्द्रित बनाइरहेका छन्। इन्जिनियरहरू यसैमा लागिरहेका छन्। 

images

यस्तो परियोजनामा कयौं स्टार्टअप कम्पनीहरू सक्रिय छन्। तर स्थापित कम्पनीहरूले भविष्य देखेर लगानी गरिरहेका छन्। यस्तै परियोजनामा अमेरिकी जहाज निर्माता कम्पनी बोइङ सहभागी भएको छ। अमेरिकी स्टार्टप विस्कमा बोइङले लगानी गरेको छ। यही जनवरीमा मात्र बोइङले उक्त कम्पनीमा ४५ करोड अमेरिकी डलर लगानी थपेको थियो। 

बोइङको समेत स्वामित्व रहेको र इन्जिनियरिङ प्रयोग भएको विद्युतीय एयर ट्याक्सीको पहिलो डिजाइन सार्वजनिक भएको छ। बोइङ सहभागि भएपछिको डिजाइन सार्वजनिक भएको हो। यो एयर ट्याक्सी एयर शोहरूमा राखिने बोइङले जानकारी गराएको छ। 

यो एयर ट्याक्सी अमेरिकाकै पहिलो सर्टिफाइट भएको बोइङले दाबी गरेको छ। सन् २०२८ सम्म अन्तिम सर्टिफिकेट लिनेगरी यसको काम अघि बढिरहेको कम्पनीले बताएको छ। 

इन्जिनियरहरू उड्ने ट्याक्सीको निर्माणमा लागिरहँदा निर्माणपछिको पहिलो चुनौतीका बारेमा भने अहिलेसम्म खासै छलफल भएको छैन। अहिले यो क्षेत्रमा अनुसन्धानमात्रै भइरहेको छ। यसको परीक्षण उडान नभएको त होइन तर व्यवसायिक रूपमै उडानका लागि परियोजना सफल भएका छैनन्। यद्यपि नियामकीय व्यवस्थापन ठूलो चुनौतीका रुपमा देखिएको छ। बोइङको यो एयर ट्याक्सी अटोपाइलट मोडमा हुने छ। 

हेलिकप्टरजस्तो पनि नभएको, जहाजजस्तो पनि नभएको यो उपकरणले कस्तो प्रकारको सर्टिफिकेट पाउँछ। नियामकहरुले कस्तो वर्गीकरण गर्छन् भन्ने अझै खुलस्त भएको छैन। 


प्रकाशित : शुक्रबार, साउन ६ २०७९०८:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend