सोमबार, असोज ७ गते २०८१    
images
images

ललितपुर महानगरले विद्युतीय स्कुटरसहित ‘क्विक रेस्पोन्स टिम’ बनायो,  अब विद्युतीय सवारीमात्र किन्ने 

images
बिहीबार , साउन ५ २०७९
images
images
ललितपुर महानगरले विद्युतीय स्कुटरसहित ‘क्विक रेस्पोन्स टिम’ बनायो,  अब विद्युतीय सवारीमात्र किन्ने 

साेही कार्यक्रममा प्रमुख महर्जनले ललितपुर महानगरपालिकाले आगामी दिनमा किन्ने सबै सवारी साधन विद्युतीय हुने घोषणा गरे। उनले पेट्रोल, डिजेल र मट्टितेलले चल्ने सवारीसाधनलाई निरुत्साहित गर्दै लगिने बताए। 

images
images

काठमाडौं- ललितपुर महानगरपालिकाले नगर प्रहरीको क्विक रेस्पोन्स टिम (क्यूआरटी) सेवा सुरू गरेको छ। महानगरबासीलाई आइपर्ने समस्याको तत्काल समाधान र सहयोग गर्न नगर प्रहरीको सो टिन बनाइ सेवा सुरु गरेको हो। 

images
images
images

विद्युतीय दुई पाङ्ग्रे सवारीसाधन लिएर हिँड्ने टोलीले कुनै पनि घटना-दुर्घटना वा भइपरि आउने जस्तोसुकै कामका लागि तत्काल सेवा र सहयोग गर्ने महानगर प्रमुख चिरिबाबु महर्जनले बताए।

क्यूआरटी टोलीले नगर सफाइदेखि सार्वजनिक आवागमनमा बाधा पुर्‍याउने गरी राखिएका फुटपाथ पसल हटाउन, अनाधिकृत विज्ञापन तथा होडिङ बोर्ड नियन्त्रण गर्न र हटाउनेलगायत काम गर्ने महर्जनले उल्लेख गरे। 

साेही कार्यक्रममा प्रमुख महर्जनले ललितपुर महानगरपालिकाले आगामी दिनमा किन्ने सबै सवारी साधन विद्युतीय हुने घोषणा गरे। उनले पेट्रोल, डिजेल र मट्टितेलले चल्ने सवारीसाधनलाई निरुत्साहित गर्दै लगिने बताए। 

images

पाटन सहर २४ सै घण्टा सुत्दैन भन्ने अवधारणा अघि बढाएर लैजाँदा सुरक्षाको महत्व पनि त्यत्तिकै हुने भएकोले सीसीटीभी जडानको काम भइरहेको महानगरले जनाएकाे छ। 

सवारी पार्किङ व्यवस्थापनदेखि दुर्घटनाका बेला महानगरबासीलाई तत्काल सेवा दिन क्यूआरटी सेवा सुरू गरिएको महानगरका नगर प्रहरी प्रमुख सिताराम हाथेछुले बताए। उनले नगरको सुव्यवस्था कायम राख्न तथा कुनै घटना दुर्घटना भइहाले घटनास्थलमा तत्काल पुग्न दुई पाङ्ग्रे विद्युतीय सवारीसहितको क्यूआरटी टोली परिचालित हुने गरि महानगरले यो सेवा कार्यान्वयनमा ल्याएको जानकारी दिए। 

साे टिमले पार्किङ रेखदेख र ट्राफिक व्यवस्थापनदेखि सवारी दुर्घटना, निमयविपरित भवन निर्माण, ढल व्यवस्थापन, सडक पेटी अतिक्रमणलगायत व्यवस्थापनका लागि तत्काल घटना स्थलमा पुगेर सेवा दिनेछ। 

ललितपुर महानगरपालिकाभित्रका सबै वडामा पुग्ने फोटो र भिडियो खिच्ने क्यामेरासहित यो टोलीले सडक संरक्षण, फुटपाथको सदुपयोग, ढल र सरसफाइलाई व्यवस्थित गर्नेछ।


प्रकाशित : बिहीबार , साउन ५ २०७९०८:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend